बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

काठमाडाैं – जापान  र चीनका विदेशमन्त्री बीच आइतबार बेइजिङमा भेटवार्ता भएको छ । चीनको भ्रमणमा रहेका जापानी विदेशमन्त्री तारो कोनोले आफ्ना चिनियाँ समकक्षी वाङ्ग यीसँग भेट गरेका हुन् ।

उनीहरुबीच चीन जापान द्विपक्षीय सम्बन्धका साथै आपसी हित र पछिल्लो समयमा यी दुई देशबीच बढ्दो सीमा विवादका कारण उत्पन्न परिस्थितिको समाधानका विषयमा छलफल केन्द्रित भएको बताइएको छ । भेटका अवसरमा हालैका दिनमा उत्तर र दक्षिण कोरियाबीच बढ्दो तनाव र आणविक अस्त्रको होडका कारण उत्पन्न परिस्थितिका बारेमा पनि कुराकानी भएको बताइएको छ ।

दुई कोरियाको बीचमा आगामी महिना हुन लागेको शीतकालीन ओलम्पिक खेलका कारण सम्बन्धमा केही सुधार आएको बताइन्छ । उक्त सम्बन्धलाई थप सुदृढ गर्नका लागि आवश्यक कदम चाल्नुपर्नेमा चीन र जापानले के कस्तो भूमिका निर्वाह गर्न सक्छन् भन्ने बारेमा पनि उनीहरुबिच कुराकानी भएको जनाइएको छ ।

उत्तर र दक्षिण कोरियाका साथै अन्य क्षेत्रीय मुद्दा र विश्व राजनीतिका बारेमा पनि उहाँहरुबीच छलफल भएको बताइएको छ ।  विश्वको दोस्रो र तेस्रो ठूलो अर्थतन्त्रका बीचमा भएको यो द्विपक्षीय भेटवार्तालाई महत्वका साथ हेरिएको छ । –रासस/एएफपी

तपाईको प्रतिक्रिया