Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडाैं – मदन भण्डारी मेमोरियल इटहरी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबलको उपाधि ललितपुरे क्लव थ्री स्टारले जितेको छ ।

सुनसरीको इटहरी रंगशालामा भएको खेलमा चीर प्रतिद्वन्द्वी मनाङ मर्स्याङदी क्लवलाई १-० ले हराउँदै थ्री स्टारले उपाधि जितेको हो । उसका लागि खेलको ३७ औं मिनेटमा बुद्ध चेम्जोङले गरेको गोल नै निर्णायक बन्यो । उपाधिसँगै थ्री स्टारले १२ लाख रुपैयाँ पुरस्कार पाएको छ भने उपविजेता बनेको मनाङले ६ लाख रुपैयाँ पायो ।

एन्फाको लापरवाहीले एएफसी कप खेल्न नपाएको भन्दै थ्री स्टारले  १४ महिनायता सबैखाले फुटवल बहिष्कार गरेको थियो । तर एन्फासँग डेढ करोड क्षतिपूर्ति पाउने सहमति पछि थ्रीस्टार खेलमा फर्किएको हो । थ्री स्टार धनगढीमा भएको खप्तड गोल्डकपको क्वार्टरफाइनलबाटै बाहिरिएको थियो । तर इटहरीमा भने थ्री स्टारले उपाधि नै जित्यो ।

तपाईको प्रतिक्रिया