Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – यौन र्दुव्यवहार सम्बन्धि प्रकरणमा टोलीका पूर्व चिकित्सक नै दोषी पाइएपछि अमेरिकाको जिम्न्याष्टिक बोर्डका सम्पूर्ण पदाधिकारीले राजीनामा दिने भएका छन् ।

बोर्डका पूर्व चिकित्सक ल्यारी नासर दोषी पाइएको यौन र्दुव्यवहार प्रकरणलाई उपयुक्त ढंगले सम्बोधन नगरेको भन्दै अमेरिकी ओलिम्पिक कमिटिले कारबाही गर्ने तयारी गरेपछि जिम्न्याष्टिक बोर्डका निर्देशक समितिका सबै पदाधिकारीले राजीनामा दिने निर्णय गरेका हुन् ।

१ सय ५० महिला जिम्न्याष्टमाथि यौन र्दुव्यवहार गरेको अभियोगमा नासरलाई गत बुधबार अदालतले १ सय ७५ वर्षको जेल सजाय सुनाइएको थियो । सो लगत्तै अमेरिकी ओलिम्पिक कमिटिले जिम्न्याष्टिक बोर्डका सम्पूर्ण पधाधिकारीलाई राजीनामा दिन अल्टिमेटम दिएको थियो ।

१८ सदस्यीय बोर्डका ५ जना पधाधिकारीले यसअघि नै राजीनामा दिइसकेका थिए ।  ५४ वर्षिय नासर सन् १९९६ देखि २०१४ सम्म जिम्न्याष्टिक संघका चिकित्सक थिए ।

तपाईको प्रतिक्रिया