शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

टोकियो–जापानका प्रधानमन्त्री सिन्जो आवेले उत्तर कोरियाको परमाणु खतराबाट बच्न र परमाणुरहित विश्व रचनाको यथार्थवादी दृष्टिकोण राख्नका लागि जापान अमेरिकाको छत्रछायामा रहनु एकदम अनिवार्य रहेको बताएका छन् ।
शुक्रबार संसदको उपल्लो सदनमा सत्ताधारी दल कोमाइतोका नेता नात्सुओ यामागुचीद्धारा सोधिएको जिज्ञासाको उत्तर दिदै प्रधानमनत्री आबेले सो कुरा बताएको एनएचकेको समाचारमा उल्लेख छ ।
प्रधानमन्त्री आबेले उत्तर कोरियाको परमाणु कार्यक्रमले जापानमा शान्ति र स्थिरतामा गम्भिर समस्या देखा परेकाले यो समस्या निमिट्यान्न पार्नका लागि जापान–अमेरिका गठजोड अन्र्तगत परम्परागत तथा परमाणु हतियार प्रतिरोधात्मक क्षमता बनाइ राख्न आवश्यक रहेको बताए ।
आबेले संसदमा बोल्दै भने जापानको खास सुरक्षा खतराको उचित तरिकाले समाधान गर्नका लागि वास्तविक दृष्टिकोण बनाइराख्न आवश्यक रहेको र यसै सन्दर्भमा परमाणु मुक्त विश्वको रचनामा अग्रणी प्रयास गर्नु यही समय उपयुक्त हो ।
यामागुचीले कानुनीरुपमा जापानले परमाणु हतियारको रोक लगाउने बारेको संयुक्त राष्ट्र संघको सन्धिमा हस्ताक्षर नगरेको जिकिर गर्दै यस सन्धीले अन्तरराष्ट्रिय मानक तयारीका लागि ऐतिहासिक कदम हुने बताए ।
यामागुचीले जापान परमाणु वम विभिषिकाको हमला झेली सकेको एकमात्र राष्ट्र भएकोले परमाणु शक्ति सम्पन्न तथा परमाणु विहिन देशहरुका बिच दरार कम गर्नका लागि अग्रणी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया