Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

इटहरी – इटहरीमा जारी मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबलको उपाधीका लागि रुस्लान थ्रीस्टार क्लब र लक्ष्मी हुण्डाई मनाङ र्मस्याङ्दी क्लब भिड्दैछन् । १४ महिनापछि फुटबल मैदानमा फर्किएको थ्रीस्टार दोस्रो प्रतियोगितामै उपाधी यात्रा तय गरेको हो ।

दुई विभागीय टोली एपिएफ र आर्मीको चुनौती पन्छाउँदै उपाधी यात्रा तय गरेको ललितपुरे क्लब थ्रीस्टार उच्च मनोबलका साथ मैदान उत्रने प्रशिक्षक मेघराज केसीले बताउनुभयो ।

झापा ११ र पाहुना टोली भारत कोलकत्ताको गरिफा स्र्पोटिङ क्लबलाई हराउँदै फाइनलमा स्थान बनाएको मनाङ, आक्रामक अग्रपंक्तिको फाइदा उठाउँदै उपाधि उचाल्ने दाउमा रहेको छ ।

प्रशिक्षक छिरिङ लोप्साङले उत्कृष्ट लयमा देखिएको थ्रीस्टारविरुद्ध स्वाभाविक खेल प्रदर्शन गर्दै उपाधी जित्ने दाबी गर्नुभयो । उपाधी भीडन्त इटहरी रंगशालामा दिउँसो साढे २ बजेपछि सुरु हुनेछ ।

८ टोली सहभागी प्रतियोगीताको उपाधी विजेताले १२ तथा उपविजेता टोलीले ६ लाख रुपैयाँ हात पार्नेछ । त्यस्तै मष्ट भ्याल्लुएवल प्लेयरले एउटा मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया