Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – म्यान्चेष्टर युनाइटेडले एफ ए कप फुटवलको चौथो चरणमा एओभिल टाउनलाई ४ शुन्यले हराएको छ ।

शुक्रबार रातिको खेलमा म्यान्चेष्टर युनाइटेडलाई जिताउन सारफोर्ड, हेरेर्रा, लिंगार्ड र लुकाकुले गोल गरे । पहिलो हाफमा १ शुन्यको अग्रता लिएको म्यान्चेष्टर युनाइटेडले दोश्रो हाफमा ३ गोल थप्यो ।

४१ औं मिनेटमा रासफोर्डको गोलमा म्यान यू ले अग्रता लिएको थियो । त्यसपछि ६१ औ मिनेटमा हेरेर्राले अग्रता दोब्बर बनाएभने ८९ औं मिनेटमा लिंगार्ड र इन्जुरी समयमा लुकाकुले गोल थप्दै म्यान यूलाई ४ शुन्यको जीत सुनिश्चित गरे ।

आफ्नो डेब्यु खेलमा एलेक्सिस साञ्चेजले गोल गर्न नसकेपनि २ गोलका लागि अवसर सिर्जना गरेका थिए । उनले लगातार गोल गर्ने प्रयास गरेपनि सफल भने हुन सकेनन् । आर्सनलबाट म्यान यू आएका २९ बर्षिय साञ्चेजले डेब्यु खेलमा ७२ मिनेट मैदानमा विताएका थिए ।

तपाईको प्रतिक्रिया