Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – क्वाटरफाईनलको दोस्रो लेगमा उत्कृष्ट पुनरागमन गर्दै बार्सिलोना कोपा डेल रे कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पहिलो लेगमा स्पानियोलसँग १-० को हार व्योहोरेको बार्साले घरेलु मैदानमा गएराती २–० को जित हात पारेको हो । यो जितसँगै समग्रमा २-१ को नतिजासँगै बार्साले अन्तिम चारमा स्थान बनाएको हो । बार्साको जितमा लुईस स्वरेज र लियोनल मेसीले गोल गरे ।

खेलको नवौँ मिनेटमा स्वरेजको गोल मार्फत अग्रता बनाएको बार्साका लागि २५ औँ मिनेटमा मेसीले अग्रता दोब्बर पारेका थिए । घरेलु मैदानमा बल माथि ७५ प्रतिशत नियन्त्रण जमाएको बार्साले दर्जन बढी अवसर पाएपनि थप गोल भने गर्न सकेन । –एजेन्सी

तपाईको प्रतिक्रिया