Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडाैं -डेनमार्ककी क्यारोलिन वाज्नेस्की र जर्मनी एङगेलिक केरबर, वर्षको पहिलो ग्राण्डस्लाम अष्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

स्पेनकी कार्ला कार्ला स्वारेज नाभारोलाई ६-०, ६-७ र ६-२ ले पराजित गर्दै दोस्रो वरियाताकी वाज्नेस्की अन्तिम चारमा पुगेकी हुन् । अर्को खेलमा २० औं वरियाताकी अमेरिकन मेडिसन केइजमाथि ६-१ र ६-२ को सहज जित निकाल्दै १६ औं वरियाताकी केरबर अन्तिम चारमा प्रवेश गरेकी हुन् ।

महिला एकल तर्फको क्वाटरफाइनलमा आजै शीर्ष वरियाताकी सिमोना हेलेप र छैठौं वरियाताकी क्यारोलिन लिस्कोभाबीच प्रतिस्पर्धा हुनेछ । क्वाटरफाइनलमा आजै पुरुष एकल तर्फ दोस्रो वरियाताका रोजर फेडेरर र १९ औं वरियाताका थोमस बर्डिजबीच प्रतिस्पर्धा हुनेछ ।   पुरुष एकल तर्फ साउथ अफ्रिकाका हिओन छुङ, सेमिफाइनलमा प्रवेश गरेका छन् ।

आज बिहान भएको खेलमा टेनिज साण्डग्रेनलाई ३-० को सोझे सेटमा पराजित गर्दै छुङ अन्तिम चारमा पुगेका हुन् । क्वाटरफाइनलमा आजै पुरुष एकल तर्फ दोस्रो वरियाताका रोजर फेडेरर र १९ औं वरियाताका थोमस बर्डिजबीच प्रतिस्पर्धा हुनेछ ।

पुरुष एकल तर्फ शीर्ष वरियाताका राफेल नाडाल क्वाटरफाइनलबाटै बाहिरिएका छन् । पाँचौं सेट जारी रहँदा चोट का कारण स्पेनी नाडालले कोर्ट छाडेपछि क्रोएसियाका मारिन किलिकले अन्तिम चारमास्थान बनाएका हुन् ।

तपाईको प्रतिक्रिया