Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – १३ औं संस्करणको ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगिता बिहिबारबाट राजधानीमा शुरु भएको छ। नयाँ बसपार्कस्थित आयोजक ढोरपाटन स्पोर्टस् क्लबको खेल मैदानमा बिहिबारबाट शुरु भएको प्रतियोगितामा पारामाउन्ट एकेडेमीले दोहोरो जित निकालेका छन्।

पहिलो खेलमा स्प्रिङडेल बोर्डिङ स्कुललाई ३–१ को सेटमा पराजित गर्दै विजय शुरुवात गरेको पारामाउन्टले आफ्नो दोस्रो खेलमा थ्री स्टार एकेडेमीलाई ३–० को सोझो सेटमा पाखा लगायो ।

पारामाउन्टले स्प्रिङडेलमाथि २५–१७ र २५–१९, २५–२७ र २५–८ को जित निकाल्यो । आफ्नो दोस्रो खेलमा पारामाउन्टले थ्री स्टारमाथि २५–८, २५–१९ र २५–२० को सहज जित निकाल्यो ।

प्रतियागिता अन्तर्गत बिहिबारै भएको अन्य खेलहरुमा सशस्त्र प्रहरीको एपीएफ क्लब, शिवम न्यु डायमण्ड एकेडेमी र त्रिभुवन आर्मी क्लबले पनि विजयी शुरुवात गरेका छन् ।

साविकको उपविजेता एपीएफले स्प्रिङडेल बोर्डिङ स्कुलमाथि २५–३, २५–४ र २५–५ को सहज जित निकाल्यो । अर्काे खेलमा शिवम् न्यु डायमण्डले न्यु डायमण्ड स्पोर्टस् क्लबमाथि २५–०, २५–१ र २५–५ को सहज जित निकाल्दै विजयी शुरुवात ग¥यो । विभागीय त्रिभुवन आर्मी क्लबले पनि न्यु डायमण्ड स्पोर्टस् क्लबमाथि २५–१४, २५–५ र २५–९ को सहज जित निकाल्यो।

प्रतियोगिता अन्र्तगत शुक्रबार ६ खेल हुनेछन्। दिनको पहिलो खेलमा एपीएफले न्यु डायमण्ड स्पोर्टस् क्लबसँग प्रतिस्पर्धा गर्नेछ। शिवम् न्यु डायमण्डले थ्री स्टार एकेडेमी, त्रिभुवन आर्मी क्लबले पारामाउन्ट हाई स्कुल, स्प्रिङडेलले थ्री स्टार एकेडेमी, एपीएफले नेपाल पुलिस क्लब र आर्मीले स्प्रिङडेलसँग खेल्नेछ।

प्रतियोगिता माघ १९ गतेसम्म नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा हुनेछ। प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस, न्यु डायमन्ड एकेडेमी, न्यु डायमन्ड स्पोर्ट्स क्लब, पोखराको टप्स हाई स्कुल, पूर्वाञ्चल क्षेत्रिय महिला भलिबल टोली, पारामाउन्ट हाइस्कुल, स्प्रिङडेल इङ्लिस स्कुल, श्री गाउँ स्पोर्ट्स विकास समिति, मेघौली स्पोर्ट्स फाउन्डेसन र थ्रीस्टार एकेडमी गरी १२ टोलीको सहभागिता रहने छ।

प्रतियोगिताको विजेताले ३ लाख २५ हजार, उपबिजेताले १ लाख ७० हजार र तेस्रो हुनेले ८० हजार नगद पुरस्कार पाउने छन् । यस्तै  चौथौ हुनेले ५० हजार, पाचौँले ४० हजार, छैठौंले ३० हजार र सातौं हुने टोलीले २० हजार नगद प्राप्त गर्नेछन् ।

प्रतियोगिताको चार विधामा उत्कुष्ट खेलाडीले युएम पावरम्याक्स स्कुटर पाउने छन् । बेष्ट प्लेयर, राइजिङ प्लेयर, प्लेयर अफ दि इयर र प्लेयर अफ दि सिरिज बन्ने खेलाडीले स्कुटरका हकदार हुनेछन्। प्रतियोगिताका  बेष्ट स्पाईकर, डिफेन्स, सेटर, सर्भिर, ब्लकर, उत्कुष्ट क्वीकर र उत्कुष्ट कोचलले जनही ५ हजार पुरस्कार प्राप्त गर्नेछन्। यस्तै प्रतियोगिता शुरु भएको दिनदेखि अन्तिम समयसम्म टिकट काटेर खेल हेर्न आउने दर्शक मध्ये लक्की ‘ड्र’ बाट एकजनाले पावरम्याक्स स्कुटी प्राप्त गर्नेछन्। प्रत्येक दिन एक दर्शकले लक्की ड्रबाट डाइमण्ड मोबाइल पनि  पाउनेछन्।

तपाईको प्रतिक्रिया