Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर १०, २०८१
Monday, November 25, 2024

सबै क्षेत्रमा “स्थिर सरकार र सम्बृद्धि नेपाल” बनाउने बहस शुरु भएको छ । यो अभियानमा केहि विकासका मोडलहरुको बारेमा व्यापक छलफल, चर्चा र चासो बढेको छ । विदेशमा बसेर परिश्रम गरिरहेका नेपालीहरुको भावना नेपालमै परिश्रम गरि भावी पुस्ताले गर्व गर्न लायकको नेपाल बनाउन सहयोगी बनांै भन्ने रहेको छ ।
नेपालमा जनताले आफ्नो संविधान आफैं (आफ्ना प्रतिनिधिहरु मार्फत) जारी गरि स्थानीय तह, प्रदेशसभा र केन्द्रीय प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भए पश्चात सबै क्षेत्रमा अबको बहस “स्थिर सरकार र सम्बृद्ध नेपाल” बनाउने अभियानको हुनु पर्छ भन्ने रहेको छ । सम्बृद्ध नेपाल बनाउने अभियानमा केहि विकासका मोडलहरुको बारेमा व्यापक छलफल अगाडि बढ्नुपर्छ भन्ने सर्बत्र चर्चा र चासो बनेको छ । विशेष गरेर विदेशमा बसेर परिश्रम गरिरहेका नेपालीहरुको भावना उपयुक्त बाताबरण बनि नेपालमै परिश्रम गरि आफ््नो भावी पुस्ताले गर्व गर्न लायकको नेपाल बनाउँन सहयोगी बनांै भन्ने रहेको छ ।

सम्बृद्ध नेपाल बनाउने बहस

यसै हप्ता विदेशमा रहेर अथक परिश्रम गरि सबृद्धि हासिल गरेर आफ्नो पृथक पहिचान बनाई रहेका केहि व्यक्तिहरु सँग छलफल गरियो । उहाँहरुको चासो नेपालको सबृद्धिको विषयमा व्यापक बहस अगाडि बढाउनु पर्छ भन्ने रहेको पाइयो । सबै जागरुक नागरिकले, पेशाकर्मीले, प्राज्ञिक एवं बौद्धिक व्यक्तिहरुले आफ्नो बौद्धिकता, सोच, चेत र सिकाई तथा अबधारणाहरुलाई सार्बजानिक बहसमा ल्याउनु पर्छ भन्ने आसय रहेको पाइयो । यो बहस हाम्रो पुस्ताले आफ्नै जीवनकालमा सम्बृद्ध नेपाल बनाउने अभियानमा सहभागि भई सम्बृद्ध नेपालको नागरिकको रुपमा संसारमा आफ्नो विशिष्ठ पहिचान बनाउन सफल हुन सक्नेछौं भन्ने आत्म विश्वास पनि हो ।

सिङ्गापुर, मलेशिया, दक्षिण कोरिया र जापानको चर्चा

छलफलको क्रममा कोहिले नेपालको अबको विकासको मोडेल सिङ्गापुरको लि क्वान यु को मोडल जस्तै भनिरहेका छन । कोहि भन्छन, अब नेपालले मलेशियाका मोहम्मद महाथिरको मोडल हेरेर अघि बढ्नुपर्छ । त्यसैगरि तेश्रो आयाम दक्षिण कोरियाका पाक्चुन हि को मोडेल भन्नेहरु पनि कम रहेनछन । चौथो धारणा दोश्रो विश्वयुद्धको भिषण आक्रमणमा परेर अत्याधिक क्षति व्यहोरेको देश जापानको विकासको मोडलमा हामी पनि विकास गर्न सक्छौं भन्नेपनि छन ।
यी चारै देशका विकासका आयाम अहिले पनि त्यत्तिकै सान्दर्भिक रहेका छन । त्यस भित्रका कथाहरु त्यत्तिक्कै रोचक छन । प्रेरणादायी छन । ती देशहरु के कसरी विकसित भए ? विकासका मोडलहरु के के थिए ? व्यवस्थापनका कुन कुन विधि, प्रक्रिया र पद्धतिको प्रयोगबाट ती राष्ट्रहरुले आफ्नो देशको सम्बृद्धि हासिल गरेका हुन ? ती कुरा नेपालमात्र होइन विश्वभर व्यापक रुपमा प्राज्ञिक बहस, छलफल र गहन अध्ययनका विषय बनेका छन । त्यस सम्बन्धी थुप्रै प्रकाशनहरु पनि छन ।

जापानी व्यवस्थापन र कार्य संस्कृतिको बहस

आज यहाँ चर्चा गर्न लागिएको विषय भने जापान, सिंगापुर, मलेशिया र दक्षिण कोरिया जस्ता एशियाका विकसित देशहरु मध्येकोे दोश्रो विश्वयुद्धको भिषण आक्रमणको शिकार बनि अत्याधिक क्षति व्यहोरेको देश जापानले गरेको विकासको मोडलबाट हामीले पनि केहि सिकौं भन्ने विषयमा केन्द्रित रहेको छ । आगामी आलेखहरुमा अन्य विकासका अबधारणा र मोडेलहरुका बारेमा समेत चर्चा परिचर्चा गरिने नै छ । यो आलेखको बहसको विषय भने जापानीहरुको विद्यमान कार्य संस्कृति र व्यवस्थापकीय अबधारणहरुबाट हामी पनि सिकौं भन्ने नै हो ।

सबैले सबैको सम्मान गरौ

ओहायोगोदाइमास जापानीहरु प्रत्येकले प्रत्येकलाई सम्मानपूर्वक गर्ने आदर बाचक विहानीको अभिवादन हो यो । जसको अर्थ हुन्छ शुप्रभात (अर्थात नमस्कार) जापानीहरु सबैले सबैलाई सम्मान गरौं भन्ने संस्कार र संस्कृतिमा हुर्केका हुन्छन । कार्यालयमा पियनदेखि जीएमसम्म सबैलाई सम्मान गर्नुपर्छ भन्ने संस्कृति छ । जब हामी प्रत्येक व्यक्तिलाई सम्मानको संस्कृति विकास गर्छौ ।

आफ्नो भाषा संस्कृति प्रति गर्व गरौं

राष्ट्रिय भाषा संस्कृतिप्रति गर्व गर्ने, आफ्नो भाषा संस्कृतिको सम्मान गर्ने जापानीहरुको आफ्नो राष्ट्रिय भाषा र संस्कृतिको सम्मान र त्यसको अभ्यासबाट नै मौलिक विकास हुनसक्छ भन्ने जापानीहरुको मान्यता रहेको पाईन्छ ।
विद्यालय शिक्षाको प्रारम्भिक तह कक्षा आठ पुरा गरेका बालबालिकाहरु सबैले राष्ट्रिय भाषाको अध्ययन गर्दछन । जापानीहरु खान्जी भाषा जसमा धेरै विषयहरु पढ्न पाउँछन । यसको सम्मान गर्दै अन्तराष्ट्रिय भाषामा भएका प्रकाशन तथा प्रकाशनहरुलाई पनि जापानी भाषामा अनुवाद गरि आफ्नो भाषाको प्रवद्र्धन गरिन्छ । यसरी आफ्नो भाषा संस्कृतिको प्रबद्र्धनबाट अपनत्वको भाव बढ्छ । आफ्नो संस्कार संस्कृति रीतिरिवाज प्रति गर्व गर्ने जापानीहरुको संस्कारको कारण नागरिकहरुको राष्ट्रियताप्रतिको जागरण बढ्छ र विकासको आधारशिला नै राष्ट्र प्रेम हो ।

बालबालिकाहरुलाई के सिकाउने

जापानी प्राथमिक तहका बालबालिकाहरु विद्यालयमा आफ्नो भाषा, संस्कार संस्कृति, जनजीवन रहनसहन रीतिरिवाज प्रयोगात्मक अभ्यास गर्दै सिक्छन । बालबालिकाहरु खेति लगाउने सिजनमा खेतमा गएर हिलो माटोमा, पानीमा प्रत्यक्ष संलग्न भएर सिक्छन । धान काट्ने समयमा पनि धान काटेरै सिक्छन ।आनी बानी, खाने, बस्ने, संस्कृतिको बारेमा प्रयोगात्मक किसिमले सिकाउँछन । आफ्नो देशको बारेमा भूगोलको बारेमा घुमेरै सिक्छन । संग्राहलयमा गएर इतिहास संस्कृति आदिको बारेमा सिकाईन्छ । यस्तो सिकाईले बालबालिकाहरुमा राष्ट्रप्रेमको भावना विकास हुन्छ । नागरिकहरुमा राष्ट्रप्रेम आफ्नो संस्कृतिप्रतिको सम्मान गर्ने संस्कार संस्कृतिको विकास भएमा मात्रै राष्ट्र सम्बृद्ध हुन्छ भन्ने संस्कृतिको विकास हुन्छ ।
बालबालिकाहरुलाई आफ्नै वरिपरिको परिवेशको बारेमा कथा, कविता, हाईकु, लेख, निबन्ध, नाटक आदिबाट सिकाईन्छ । बा, आमा, हजुरबा, हजुरआमाले बालबालिकालाई व्यवहारिक किसिमले सिकाउँछन ।
ऐतिहासिक एवं सांस्कृतिक सम्पदाहरुको सम्बर्धन गरौं भनि बाल्यकाल देखि नै बालबालिकाहरुलाई सिकाउँछन । जापानीहरुले आफ्नो ऐतिहासिक एवं साँस्कृतिक सम्पदाहरुको संरक्षण, सम्बद्र्धन र प्रबद्धन गरि आन्तरिक एवं बाह्य पर्यटकहरुलाई आकर्षण गरिरहेका छन ।

जष्ट इन टाईम

जापानीहरुको कार्य संस्कृतिको कुरा गर्दा अहिले पनि सर्बत्र चर्चा गरिन्छ, प्रत्येक काम अहिल्यै सम्पन्न गरौं । प्रत्येक काम कुन समयमा गर्ने हो सोहि समयमा गरियो भने मात्रै यसको महत्व हुन्छ । समयको सम्मान गर्न पनि प्रत्येक काम जुन समयमा आबश्यक पर्दछ त्यसको समय सिमा भित्रै निर्णय गर्ने र सोहि समय अनुसार कार्यन्वयन गर्ने हो ।
हामीले सिक्नुपर्ने अर्को महत्वपूर्ण पक्ष भनेको हामीले सरकारी कामकाजलाई नागरिक बडापत्र राख्ने अभ्यास त गरेका छौं तर नागरिकहरुले सोहि बमोजिमको सेवा समय सिमा भित्रै उपभोग गर्न पाएका छन कि छैनन भनि स्थानीय निकायहरुमा मात्रै पनि अभ्यास गर्न सक्यौं भने तत्काल उपयोगमा ल्याउन सक्छौं ।
एउटा रमाईलो प्रसंग यहाँ उल्लेख गर्नु सान्दर्भिक लागेको छ । जस्तो कुनै एक कम्पनीको रणनीति योजना तयार हुन्छ । त्यो रणनीतिक योजना बमोजिम व्यापार प्रवद्र्धन गर्न बजारमा होर्डिङ्ग वोर्ड राख्ने भन्ने हुन्छ । भोलिपल्ट उज्यालो हुँदा प्रवद्र्धन शाखाले शहरभरि होडिङ्र्ग वोर्ड टाँगी सकेको पाईन्छ । कार्यालय पुग्दा आफ्नै कम्पनीका अन्य कर्मचारीहरु नै छक्क पर्छन । त्यो हो जापानी व्यवस्थापन पद्धति जष्ट इन टाईमको एक नमुना ।

प्रकृति र वाताबरणको प्रति सचेत बनौं संरक्षण गरौं

जापानीहरु आफ्नो वरिपरिको वातावरण र पर्यावरण प्रति अत्यन्तै संवेदनशील हुन्छन । औद्योगिक प्रतिष्ठान र व्यापार व्यावसायमा मात्रै होईन शहरीकरण र आवासीय क्षेत्रहरुमा समेत वातावरण विनाश गर्नुहुँदैन । प्रकृति प्रदत्त कुराहरुको संरक्षणबाट मात्रै मानव सभ्यताको विकास हुन्छ भन्ने व्यवहारले गर्दा संसारको अधिकतम औद्योगिक शहरहरु भएर पनि जापान सफा र वातावरण मैत्री शहरको रुपमा प्रख्यात रहेको छ ।
प्रत्येक नागरिकलाई आफ्ना क्रियाकलापहरु वातावरणमैत्री हुनुपर्छ भन्ने संस्कृतिको विकास र प्रवद्र्धनले गर्दा नै जस्तोसुकै प्राकृतिक प्रलय र विपत्तिमा पनि जापानले आफ्नो वातावरण सन्तुलन कायम राख्न सकेको छ ।

प्रविधिको व्यापक प्रयोग गरौ

जापान आफैंमा खानी तथा कच्चा पदार्थ भएको मुलुक होईन । जापानले औद्योगिक कच्चा पदार्थ अर्को मुलुकबाट आयात गर्छ । विज्ञान र प्रविधिको अत्याधिक प्रयोगबाट संसारलाई आबश्यक पर्ने औद्योगिक उत्पादनहरु तयार गरि उच्च गुणस्तरका उत्पादनहरु संसार भर बिक्री वितरण गर्दै आई रहेको छ ।
प्रत्येक क्रियाकलापलाई विज्ञान प्रविधिको माध्यमबाट सम्भव भए सम्म प्रविधि औजारको प्रयोग गर्ने संस्कृतिको विकास गरेका छन । घाँस काट्ने, धान रोप्ने जस्ता कृषि कार्यहरुलाई पनि मेशिन औजारको प्रयोग गर्ने संस्कृतिको विकासले नै प्रविधिको प्रयोग जीवन पद्धतिमा जोडिएको छ । प्रविधिको अत्याधिक प्रयोगबाट छिटो छरितो र सुविधाजनक कार्य गर्न सकिने संस्कृति नै जापानको विकास र आर्थिक बृद्धिदरको एक आयाम हो ।

क्वालिटि सर्कल

भर्खरमात्र जापानको टोकियो शहरमा व्यवस्थापन सम्बन्धी तालिम लिएर फर्किएका एक बैंकर भन्छन –जापानीहरु प्रत्येक दिन कार्यालय पुगे पछि सबै आ–आफ्नो विभाग शाखा वा कार्यालयका कर्मचारीहरु पहिले सबै जना सर्कलमा बस्छन र आज दिनभरी कसले के काम गर्ने हो कार्य योजनाको बारेमा छलफल गर्छन । यसरी छलफल गरि कसले के कस्तो सुधार गर्नुपर्छ भन्ने स्वतत्ररुपमा सुझाव दिन्छन । र कार्यालय समय पश्चात पनि सबै त्यसैगरि जम्मा हुन्छन । हामीले आज दिनभर के के काम ग¥यौं ? त्यसको समीक्षा गर्छन । के कुरामा सुधार गर्नु पर्छ ? सबैले सबैलाई सुझाव दिन्छन । भोलि फेरि सुधारका सम्भावनाहरु खोज्छन् । कार्यालयमा सेवा वा बस्तुको उत्पादनमा सुधार गर्न कोहिबाट पनि समीक्षा र सुझाब लिने र त्यसलाई अबलम्बन गर्ने संस्कृतिको विकासले गर्दा नै जापानी व्यवस्थापन पद्धति संसारभर अनुकरणीय र अनुसरणीय भएको हो ।

सम्पूर्ण गुणस्तर व्यवस्थापन

टोटल क्वालिटी म्यानेजमेन्ट अर्थात् सम्पूर्ण गुणस्तर व्यवस्थापन जापानीहरुले अबलम्बन गरेको अर्को व्यवस्थापकीय पद्धति हो । जापानका औद्योगिक प्रतिष्ठानहरुमा एउटा यस्तो दार्शनिक मान्यता स्थापित छ कि हामी सबै बस्तु वा सेवाको गुणस्तरमा अभिबृद्धि गर्न सक्दछौं । सुधार सधैं सम्भव छ । सुधार सधैं अनिवार्य छ । यो कार्य संस्कृतिले गर्दा नै सम्पुर्ण क्षेत्रहरु औद्योगीक, व्यापारिक एवं सेवाका क्षेत्रमा समेत सकारात्मक प्रभाव परेको पाईन्छ ।

प्रत्येक तहमा भ्यालु एड गरौ

कुनै पनि कामको प्रकृति कामका चरणहरुमा विभाजन गरिएको हुन्छ । जस्तो एउटा सामान उत्पादन गर्दा विभिन्न दश पन्ध्रवटा तह पुरा गर्नुपर्ने हुन्छ । जापानीहरु यस्तो मान्यता राख्छन कि हामी प्रत्येक चरणमा लागत घटाउन सक्छौं । समय घटाउन सक्छौं र खेर जाने कुरा घटाउन सक्छौं । प्रत्येक तहमा वा चरणमा काम गर्नेले आफुले आफ्नो तहबाट सक्दो योगदान गर्नुपर्छ र त्यसमा भ्यालुएड गर्नु पर्छ भन्ने नै हो । त्यसबाट सबैमा काम प्रति आफ्नो उत्तरदायित्व र भूमिकाको उच्चतम योगदानप्रति प्रतिवद्धता बढाउँदछ । जापानी व्यवस्थापन अबलम्बन गर्न प्रोत्साहन गर्दै एक विकास बैंकका प्रमुख कार्यकारी अधिकृत भन्छन –संस्थाको प्रत्येक कर्मचारीलाई संस्थाको भिजन, मिसन, गोल, रणनीति र कार्यक्रमको बारेमा राम्रो जानकारी भएमा मात्रै सबै कर्मचारीले आफ्नो तहमा कामको भ्यालु बढाउन सक्छन । त्यसैले जापानी व्यवस्थापन शैली सबै कर्मचारीको उचित परिचालन गर्ने एक अनुपम औजार हो ।

मानवीयताको ख्याल गरौं

बुद्ध धर्म र संस्कृतिको आचरणका कारण पनि हुन सक्छ जापानी व्यवस्थापनमा मानवीयताले उच्चतम मान्यता र महत्व राखेको पाईन्छ । प्रत्येक मानिसको महत्व हुन्छ । प्रत्येक मानिसको बारेमा सोच्ने र व्यवहारगर्ने सबालमा उच्चतम मानवीय पक्षको ख्याग गर्दा मात्रै उत्पादकत्व बढ्छ भन्ने अगाध विश्वासका कारण प्रत्येक काममा वा उत्पादनमा उच्चतमा मानवीयताको ख्याल गरिन्छ ।
नीजि कम्पनीमा काम गर्नेहरुले समेत कामदार र मालिक दुबैमा मानवीयताको पक्ष बराबर हुनुपर्छ भन्ने आदर्श स्थापित छ । प्रत्येक कर्मचारी वा कामदारले म मेरो आफ्नै नीजि सम्पत्ति र नीजि फाईदाको लागि काम गरिरहेकोछु ।
यो कम्पनी मेरो आफ्नै हो भन्ने धारणा भित्रै गढेर रहेको हुन्छ । तब मात्र प्रत्येक कर्मचारी वा कामदारले आफ्नो मानवीय क्षमताको उच्चतम प्रयोग गर्न सक्दछ । यसले व्यक्तिमा अन्तरनिहित क्षमताको उच्चतम प्रयोग हुन्छ । आत्म सन्तुष्टि पनि बढ्दछ ।

कार्यसम्पादनको आधारमा तलब सुविधा

पर्फरमेन्स वेस्ड पे प्रणाली अर्थात कार्यसम्पादनको आधारमा पारिश्रमिक निर्धारण गर्ने पद्धति एक किसिमको नो वर्क नो पे भने जस्तै हो । राम्रो कार्यसम्पादन गर्नेहरुलाई प्रोत्साहन र राम्रो कार्य सम्पादन नगर्नेलाई स्वतहः कम महत्व दिने संस्कृतिले प्रत्येक व्यक्तिमा आफुले राम्रो गरौं राम्रो कार्यसम्पादनको मुल्यांकन हुन्छ । सोहि अनुसारको प्रतिफल प्राप्त हुने पद्धतिले व्यक्तिगत तहमा अत्याधिक उत्प्रेरणा जाग्छ । एक किसिमको अपनत्व भाव श्रृजना हुन्छ । मानव श्रोत व्यवस्थापनमा लामो अनुभव संगालेका ती बैंकरले भने, जापानीहरुले आफ्नो कर्मचारीहरुको सामाजिक आर्थिक अबस्था के छ त्यसको रेकर्ड राखेका हुन्छन । आबश्यकता अनुसार परिवारका सदस्यहरुलाई झै सबै कर्मचारीलाई व्यवहार गर्छन ।
त्यसैले उखर्माउलो गर्मीमा पनि जापानीहरु काँधमा निलोकोट भिरेर सेतो सर्टमा सडकमा असिनपसिन गर्दै आफ्नो कामप्रति बफादार हुन्छन् । कामप्रतिको वफादारीता सम्बृद्धिको पहिलो सिंढी हो ।

सहभागितामूलक व्यवस्थापन

जापानीहरु तलबाट माथि (बटम अप एप्रोच) सहभगिता, सहकार्य, र उत्तरदायित्व, पारदर्शिता, जवाफदेहिताको अबधारणालाई आफ्नो व्यवस्थापनको आदर्श मान्दछन । सबैको सबै तहमा हुने सहभागिताले मात्रै सुशासनको सुनिश्चिता हुन्छ भन्ने मान्यता रहेकोछ ।
नीति निर्माणको तहमा व्यापक सहभागिता र छलफलबाट मात्रै नीति तथा कार्यक्रम बनाउँदा सबैमा अपनत्वको विकास भई मुलुकको सम्बृद्धि सम्भब भएको हो । राजनीतिक नेतृत्वले यस किसिमको नीति अबलम्बन गर्दा सम्पूर्ण संघ संस्थाहरुले पनि सोहि अनुरुप निर्णय गर्ने कार्य संस्कृतिको विकास भएको छ ।

हामी किन अनुसरण गर्दैनौं सम्बृद्धिको ?

सम्बृद्ध नेपाल बनाउने अभियानमा हामिले विभिन्न देशले संबृद्धि हासिल गरेका व्यवस्थापनका अभ्यासहरुको अनुसरण गर्न सक्छौं । हामीले हाम्रो सम्बृद्धि हासिल गर्न सक्दछौं । हाम्रो नेतृत्व तहमा रहेका नेताहरुले, कर्मचारीतन्त्रले, योजना तथा विकासविद् भन्नेहरुले, पेशाकर्मी, उद्यमी, व्यावसायीहरुले समय समयमा गर्ने विभिन्न मित्रराष्ट्रहरुको भ्रमण गर्दा ती देशको विकास र सम्बृद्धि नदेखेका भने होइनन् । तर किन गर्दैनन् सम्बृद्धिको अनुशरण ? प्रश्न गर्ने जिम्मा आमपाठकहरुको ।

तपाईको प्रतिक्रिया