Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडाैं – राखेप च्याम्पियनसिप अन्तर्गत राष्ट्रिय पुरुष फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले अाज सार्वजनिक गरेको तालिका अनुसार उद्घाटन खेलमा मंगलबार मध्यपश्चिमाञ्चल क्षेत्रीय टिम र सशस्त्र प्रहरी बलको एपीएफ टोलीबीच प्रतिस्पर्धा हुनेछ । खेल दाङको तुलसीपुरमा दिउँसो एक बजे हुनेछ ।

दोस्रो दिन पश्चिमाञ्चल र नेपाल पुलिस क्लब तथा तेस्रो दिन पूर्वाञ्चल क्षेत्रीय टिम र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । चौथो दिन मध्यमाञ्चल र सुदूरपश्चिमाञ्चलबीच प्रतिस्पर्धा हुने तय भएको छ । प्रतियोगिताका खेलहरु दाङको अरनीको खेल मैदान र भरतपुर खेल मैदानमा सञ्चालन हुनेछन् ।

नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा तीन विभागीय टिमका साथै पाँच विकास क्षेत्रका टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता माघ ६ गते शनिबारसम्म चल्नेछ ।

तपाईको प्रतिक्रिया