Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

धनगढी – धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटवलको दोश्रो सेमिफाइनलमा आज एपीएफ क्लव र आयोजक सुदूरपश्चिम ११ बीच प्रतिस्पर्धा हुँदैछ ।

खेल स्थानीय रङ्गशालामा अपरान्ह २ बजेपछि हुनेछ । आजको खेलको विजेताले उपाधिका लागि भोली त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्नेछ ।

यसअघि हिजो भएको खेलमा त्रिभुवन आर्मीले डिफेन्डिङ च्याम्पियन लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लवलाई ३–१ ले पराजित गर्दै फाईनल प्रवेश गरेको हो । प्रतियोगिताको विजेताले ११ लाख ११ हजार रुपैयाँ नगद हात पार्नेछ ।

घरेलु नकआउट प्रतियोगितामा मोफसलमा दिन लागिएको यो सर्वाधिक धनराशि हो । उपविजेताले ५ लाख ५५ रुपैयाँ प्राप्त गर्नेछ ।

तपाईको प्रतिक्रिया