Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं –  इङ्ग्लिस प्रिमियर लिग फुटबलमा गएराति टोटनह्याम हट्सपरले एभर्टनलाई ४–० ले हराएको छ ।

आफ्नै मैदानमा भएको खेलमा टोटनह्यामलाई विजयी गराउन ह्यारी केनले दुई गोल गरे भने हिउङ मिन सन र क्रिश्चियन एरिक्सनले १–१ गोल गरे ।

उता चेल्सीलाई भने गएराति लेष्टर सिटीले गोलरहित बराबरीमा रोकेको छ ।

प्रिमियर लिग फुटबलमा क्रिष्टल प्यालेसले बर्न्लेलाई १–० ले हराउँदा वेष्टह्याम युनाईटेडले हडर्सफिल्ड टाउनमाथि ४–१ कोे प्रभावशाली जित निकाल्यो ।

यसैगरी वेष्ट ब्रोमले ब्राईटनलाई २–० ले हरायो ।

गएराति वाट्फोर्ड र साउथह्याम्पटनले २–२ गोलको तथा न्युकासल युनाईटेड र स्वान्सी सिटीले १–१ गोलको बराबरी खेलेका छन् ।

प्रिमियर लिग फुटबलमा आज राती दुई खेल हुनेछन् । आज बर्नमाउथले आर्सनलसँग खेल्दा शीर्ष स्थानको म्यान्चेस्टर सिटीले लिभरपूलसँग उसैको मैदानमा खेल्नेछ ।

तपाईको प्रतिक्रिया