Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं  – पाकिस्तानसँगको एकदिवसीय क्रिकेट शृङ्खला न्युजिल्याण्डले जितेको छ । तेश्रो खेल १ सय ८३ रनले जितसँगै न्युजिल्याण्डले शृङ्खला जितेको हो । पछिल्लो समय खराब फर्ममा देखिएको पाकिस्तान न्युजिल्याण्डसामु शनिबार पनि निरीह देखिएको हो ।

२ सय ५८ रनको लक्ष्य पाएको पाकिस्तान २७ ओभर २ बलमा ७४ रनमा अलआउट भयो । न्युजिल्याण्डका ट्रेन्ट बोल्टले ५ विकेट लिएपछि पाकिस्तानका चारजना खेलाडीले मात्र दोहोरो अंकमा रन जाड्न सके । सर्फराज हमदको नटआउट १४ रन पाकिस्तानी खेलाडीले बनाएको सबैभन्दा धेरै रन बन्यो ।

७ ओभर २ बल बलिङ गरेका बोल्टले मात्र १७ रन खर्चिएर ५ विकेट लिए । पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले रोश टेलरको ५२ तथा मार्टिन गुप्टिलको ४५ रनको मद्दतमा २ सय ५७ रन बनाएको थियो ।

पाकिस्तानका रुम्मन राइस र हसन अलीले तीन तीन विकेट लिए । पाकिस्तानले न्युजिल्याण्डसँग ५ एकदिवसीय र तीन ट्वेन्टी–ट्वेन्टी क्रिकेट खेल्नेछ ।

तपाईको प्रतिक्रिया