Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

धनगढी – मनाङ मर्स्याङ्दी क्लब धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकपको सेमीफाईनलमा प्रवेश गरेको छ । आज भएको क्वाटरफाईनलमा अग्नि रुपन्देही ११ लाई ४-० ले पराजित गर्दै मनाङ सेमिफाइनलमा पुगेको हो ।

मनाङलाई सेमिफाइनलमा पुर्याउन भिक्टर, बिशाल राई र बिमल रानाले समान एक एक गोल गरे । मनाङले एक गोल आत्मघाती उपहार पाएको थियो । रुपन्देहीका छिरिङ गुरुङले आत्मघाती गोल गरेका थिए । अब मनाङले फाइनल प्रवेशको लागि शनिबार विभागीय टोली त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्नेछ । आर्मी थ्री स्टारलाई हराउदै सेमिफाइनलमा पुगिसकेको छ ।

धनगढी रंगशालामा भएको खेलमा विदेशी खेलाडी भिक्टरले १९ औं मिनेटमा गोल गर्दै मनाङलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० ले अघि रहेको मनाङले दोस्रो हाफमा आत्मघाती गोलबाट अग्रता दोब्बर बनायो । खेलको ५५ औं मिनेटमा छिरिङले आत्मघाती गोल गरेपछि मनाङ २-० ले अघि रह्यो । खेलको ८३ औं मिनेटमा बिशालले गोल गर्दै मनाङको अग्रता तेब्बर बनाए । त्यसपछि खेलको ८४ औं मिनेटमा बिमलले गोल गर्दै मनाङलाई ४-० को सहज जित दिलाए ।

प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १ सय ११, उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडील समान १५-१५ हजार पाउँदा उत्कृष्ट एक खेलाडीले यमाहा मोटरसाईकल पुरस्कार पाउनेछन् ।

तपाईको प्रतिक्रिया