Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – बंगलादेशमा हुने साफ अण्डर १५ गल्र्स च्याम्पियनसिप फुटबल प्रतियोगिता खेल्न नेपाली टोली आज आयोजना स्थल बंगलादेश प्रस्थान गर्दैछ । २३ खेलाडी सहितको नेपाली टोलीआजअपरान्ह ढाका प्रस्थानगर्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

भारत, बंगलादेश, भुटान र नेपाल गरी ४ राष्ट्र सहभागीप्रतियोगीताको उद्घाटन खेलमा नेपालले आगामीआईतबार घरेलु टोलीसँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो खेलमा मंगलबार भारतसँग प्रतिस्पर्धा गर्ने नेपालले समुह चरणको अन्तिम खेलमा बिहिबार भुटानको सामना गर्नेछ ।

राउण्ड रोबिन लिगका आधारमा चल्ने प्रतियोगीताका शीर्ष २ टोलीले उपाधीका लागि प्रतिस्पर्धा गर्नेछन् ।

तपाईको प्रतिक्रिया