Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

धनगढी  – नेपाल आर्मी क्लव धनगढीमा चलिरहेको खप्तड गोल्डकप फुटवलको सेमिफाइनलमा पुगेको छ । कैलालीको धनगढीमा बिहीबार भएको खेलमा थ्री स्टार क्लवलाई २–१ ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो ।

आर्मीका लागि नवयुग श्रेष्ठ र सुमन अर्यालले गोल गरे । खेलको म्यान अफ द म्याच बनेका भरत खवासले १० हजार रुपैयाँ पाए । एन्फाको लापरबाहीले एएफसीकपको प्लेअफ खेल्न नपाएपछि  दोषीलाई कारबाही र क्षतिपुर्तीको माग गर्दै अघिल्लो वर्षको कात्तिकदेखि थ्री स्टारले कुनै पनि प्रतियोगितामा भाग नलिने बताएको थियो ।

तर गएको असोजमा डेढ करोड क्षतीपूर्ती पाउने सहमती भएर १४ महिनापछि फुटवलमा फर्किएको थ्री स्टार झापा ११ लाई हराएर क्वार्टर फाइनलमा पुगेको थियो । प्रतियोगितामा शुक्रबार मनाङ मस्र्याङदी र रुपन्देही ११ विच खेल हुनेछ ।

तपाईको प्रतिक्रिया