Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – पाकिस्तान र युएईले संयुक्त रुपले आयोजना गरिरहेको पाँचौं एकदिवसीय दृष्टिविहीन विश्वकप क्रिकेट प्रतियोगितामा आज नेपालले बंगलादेशसँग खेल्नेछ ।

आ–आफ्नो पहिलो खेलमा पाकिस्तानसँग ९ विकेटले हारेका नेपाल र बंगलादेश आज पहिलो जितको खोजीमा छन् ।

प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा नेपाललाई पाकिस्तानले ९ विकेटले हराएको हो ।

पाकिस्तानको जिन्नाह स्टेडियममा भएको खेलमा पहिले ब्याटिङ गर्दै नेपालले दिएको २५९ रनको लक्ष्य पाकिस्तानले १९ दशमलव १ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो ।

पाकिस्तानका लागि बदानर मुनिरले ५९ बलमा १२६ रन जोडे ।

प्रतियोगितामा आज बंगलादेशसँग खेलेपछि थप खेलका लागि नेपाली टोली युएईको दुबई पुग्नेछ । दुबईमा नेपालले श्रीलंका, भारत र अस्ट्रेलियासँग थप तीनवटा खेल खेल्नेछ ।

तपाईको प्रतिक्रिया