काठमाडाैं – नेत्रहीन विश्वकप क्रिकेट अन्तर्गतको पाकिस्तानसँग नेपाल ९ विकेटले पराजित भएको छ ।
पाकिस्तानको लाहोरमा नेपालले दिएको २ सय ५९ रनको लक्ष्य पाकिस्तानले १९ ओभर १ बलमा १ विकेट गुमाएर भेटायो । पाकिस्तानको जिन्नाह रंगशालामा पहिले ब्याटिङ गरेको नेपालले ४० ओभरमा ५ विकेट गुमाउँदै २ सय ५८ रन बनाएको थियो ।
नेपालका रमेशबहादुर बाँनियाले ५९, पदम बडेलाले ५० बद्री चौलागाँइले ४९ रन बनाए । नेपालले दोस्रो खेल भोली बंगलादेशसँग खेल्नेछ ।