Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

धनगढी – फुटबलमा सबैभन्दा बढी धनराशी भएको प्रतियोगिता धनगढी रंगशालामा शुक्रबार (आज)देखि सुरु हुँदैछ ।

निजी क्षेत्रको सर्वाधिक धनराशी पुरस्कार भएको ‘नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिता-२०७४’ शुक्रबारदेखि धनगढी रंगशालामा सुरु हुन लागेको हो । प्रतियोगिताका लागि आवश्यक सबै तयारी सकिएको बिहीबार धनगढीमा पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी दिएको छ ।

दिउँसो १ बजे धनगढीको क्षेत्रीय रंगशालामा प्रधानमन्त्री पत्नी तथा कैलाली क्षेत्र नम्वर ५ बाट नेपाली कांग्रेको तर्फबाट प्रतिनिधि सभामा उम्मेदवार बनेकी डा. आरजु राणा देउवाले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम छ ।

औपचारिक रुपमा उद्घाटन कार्यक्रमसँगै प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लव र काठमाडौंको ए डिभिजन क्लव च्यासल युथ क्लवबीच प्रतिस्पर्धा हुनेछ ।

दुबै टोलीमा विदेशी खेलाडीहरुको साथमा राष्ट्रिय खेलाडीहरुको बाहुल्यता रहेकोले उत्कृष्ट खेलको आशा खेलकर्मीले गरेका छन् ।

माघ १ गतेसम्म आयोजना हुने दोस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकपको सबै तयारी सकिएको आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लवका अध्यक्ष सुरेश हमालले जानकारी दिए । सबै तयारी सकिएर प्रतियोगिता उद्घाटनको तयारीमा बसेको प्रतियोगिताका संयोजक धुव्र भट्टराईले बताए ।

खेल हुने धनगढी रंगशालालाई सजाईएको छ भने चारैतिर व्यानर सहितका प्रायोजकहरुका बोर्डले घेरेर राखिएको छ । मैदानमा सिंचाई गर्दै सम्याउने काम सकिएर अन्तर्राष्ट्रियस्तरको बनाईएको आयोजक क्लवका उपाध्यक्ष योगेन्द्र चन्दले जानकारी दिए ।

झण्डै ३ हजार ५ सय दर्शक क्षमताका दुईवटा प्याराफिट रहेको रंगशालामा पहिलो पटक अस्थायी प्याराफिट निर्माण गरिएको छ । झण्डै १५ सय दर्शक क्षमताको कृत्रिम प्याराफिट निर्माण गरी दर्शकहरुलाई फुटबल खेलको मज्जा लिने व्यवस्था मिलाईएको छ । मैदानको चारैतिर अस्थायी प्यारासफिट बनाएर खेल हेर्ने व्यवस्था मिलाईएको सुदुरपश्चिम ११ स्पोर्टस क्लवका महासचिव प्रकाश शाहीले बताए ।

प्रतियोगितामा नेपालका चर्चित फुटबल क्लब मनाङ मर्स्याङ्दी, संकटा, त्रिभुवन आर्मी, झापा ११, साहारा क्लब पोखरा, अग्नी रुपन्देही ११, सुदूरपश्चिम ११, धरान फुटबल क्लब, एपिएफ क्लब, काठमाडौं, डुक स्टार क्लब भुटान, च्यासल युथ क्लब, र थ्री स्टर क्लब गरी १२ वटा एडिभिजन क्लबले सहभागिता जनाउने भएका छन् ।

प्रतियोगिताको दोस्रो संस्करणका बिजेतालाई ११ लाख ११ हजार १११, उप बिजेतालाई पाँच लाख ५५ हजार ५५५ ट्रफी मेडल सहितको पुरस्कार प्रदान गरिने छ । यस्तै विभिन्न विधाका उत्कृष्टहरुलाई १५÷१५ हजारका दरले र खेल अवधिभरको उत्कृष्ट एक जना खेलाडीलाई मोटरसाईकल पुरस्कार प्रदान गरिने प्रतियोगिताका प्रवक्ता ओम चन्दले जानकारी दिए ।

प्रत्येक खेलका म्यान अफ दि म्याचलाई १०÷१० हजारका दरले पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगितामा टिकट काटेर खेल हेर्न जाने दर्शकहरुलाई प्रत्येक दिन गोलाप्रथाद्वारा मोबाईल प्रदान गरिने भएको छ । प्रतियोगिताको मुख्य प्रायोजक सिजी ग्रुपको नेपाल आईस ब्राण्ड र सह प्रायोजकमा नेपाल टेलिकम र जगदम्वा पाईप रहेको छ ।

तपाईको प्रतिक्रिया