Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं  – जहाजको टिकट काट्ने पैसा नभएपछि रेल चढेर नेत्रहीन क्रिकेटको एकदिवसीय विश्वकप खेल्न हिँडेको नेपाली टोली रेल पनि नचलेपछि गाडी चढेर पाकिस्तानतर्फ प्रस्थान गरेको छ ।

धबार भारतको गोरखपुर अमृतसर जाने तालिका भए पनि खराब मौसमका कारण रेल नछुटेपछि नेपाली टोली बस चढेर पाकिस्तान लागेको टोलीका मिडिया अफिसियल अनिल मल्ल ठकुरीले जानकारी दिनुभयो । रेल नचल्दा केहीबेर अलपत्र परेको नेपाली टोली त्यहाँबाट बस ब्यवस्था गरेर पाकिस्तानतर्फ लागेको उहाँले बताउनुभयो ।

नेपाली टोलीको पहिलो खेल २४ गते छ, तर मौसम खराबका कारण रेल बेलैमा नछुट्दा पहिलो खेल्न नै गुम्ने होकि भन्ने डर रहेके उहाँले बताउनुभयो । नेपालले ३ वटा खेल पाकिस्तानमा र २ वटा खेल दुवईमा खेल्नेछ ।

नेपालबाट पाकिस्तानको सीधा उडान नभएके, बंगलादेश या दुबइबाट पाकिस्तान जान जहाजका टिकट महगा पर्ने भएपछि पैसा जुटाउन नसक्दा नेपाली टेली भारतबाट रेल र बस चढेर पाकिस्तान गएके हे ।

तपाईको प्रतिक्रिया