Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – स्टोक सिटीलाई ५-० ले हराउँदै चेल्सी इङ्गलिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।

आफ्नै मैदानमा गएराति भएको खेलमा चेल्सीलाई विजयी गराउन एन्टोनियो रुडिगर, पेड्रो, विलियन, ड्यानी ड्र्ङ्किवाटर र जापाकोष्टाले एक एक गोल गरे ।

जितसँगै चेल्सीले दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडलाई उछिनेको छ । म्यान्चेस्टर युनाईटेडलाई गएराती साउथह्याम्पटनले गोलरहित बराबरीमा रोकेको हो ।

प्रिमियर लिग अन्तर्गतको अर्को खेलमा लिभरपूलले लेष्टर सिटीलाई २-१ ले हराउँदा बर्नमाउथले एभर्टनमाथि पनि समान २-१ कै जित निकालेको छ ।

स्वान्सी पिसटीले वाट्फोर्डलाई उसैको मैदानमा २-१ ले हराउँदा हडर्सफिल्ड टाउन र बर्न्ले तथा न्युकासल युनाईटेड र ब्राईटनले गोलरहित बराबरी खेलेका छन् ।

प्रिमियर लिग फुटबलमा आज राती क्रिष्टल प्यालेस र म्यान्चेस्टर सिटी तथा वेष्ट ब्रोम र आर्सनल भिड्नेछन् ।

तपाईको प्रतिक्रिया