Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडाैं –  एभरेस्ट प्रिमियर लिग (इपिएल) उपाधि जित्नका लागि विराटनगर वारियर्सले भैरहवा ग्याडिएटर्सलाई १ सय ५० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४९ रन बनायो ।  ओपनर अंशुमन रथले ४१ रन बनाउनुबाहेक अन्यको प्रदर्शन उल्लेख्य रहेन । कप्तान पारस खड्काले २७ र अनिल साहले २२ रन बनाए ।

प्रतियोगिताको सुरुवातदेखि नै उत्कृष्ट प्रदर्शन गरेको बाबर हायात फाइनल खेलमा जम्न सकेनन् । उनी मात्र ११ रन बनाएर पेबिलियन फर्किए । अर्का ओपनर आशिफ शेख ७ रनमा आउट भए ।  भैरहवाका हरिशंकर शाहले महत्वपूर्ण २ विकेट लिए। उनले अशंमन रथ र पारस खड्कालाई आउट गरेका थिए । कृष्ण कार्कीको नाममा २ विकेट रह्यो ।

अघिल्ला दुवै खेलमा विराटनगरले भैरहवालाई पराजित गरेको थियो । विजेताले उपाधि सहित २१ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

तपाईको प्रतिक्रिया