Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं –  स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो रियल मड्रिड छोड्न तयार रहेको खबर आएको छ ।

रोनाल्डोले रियल मड्रिडसँग आफूले क्लब छोड्न चाहेको र अरु क्लबमा जानका लागि आफ्नो मूल्य एक सय मिलियन युरो तोक्न आग्रह गरेको बेलायती पत्रिका डेलीरेकर्डले दाबी गरेको छ ।

रोनाल्डोले प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड तथा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन मध्ये एकमा जान इच्छा देखाएका छन् । उनले आवश्यक पर्ने भए दुई क्लबलाई यसबारेमा जानकारी गराउन पनि रियल मड्रिडसँग आग्रह गरेका छन् ।

रोनाल्डोल सन् २०१६ मा पाँच सिजनका लागि गरेको सम्झौतामा उनको रिलिज क्लब एक बिलियन युरो रहेको छ । रोनाल्डोका सहयोगी तथा एजेन्टले उनको अनुबन्ध मूल्य रिलिज क्लबको दश भागको एक भाग वा त्योभन्दा कम राख्न आग्रह गरेका छन् ।

रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेज र रोनाल्डोको सम्बन्ध पछिल्लो समय चिसिएको दाबी गरिएको छ । रोनाल्डोले रियल मड्रिडमा आफ्नो पारिश्रमिक बढ्नु पर्ने माग गर्दै आएपनि पारिश्रमिक बढेको छैन ।

अहिले रोनाल्डोले बार्सिलोनाका लियोनल मेस्सी तथा पिएसजीका नेइमारभन्दा कम पारिश्रमिक पाउने गरेका छन् । यस्तै रियल मड्रिड नेइमारलाई क्लब भित्र्याउन लालाइत रहनुले पनि रोनाल्डो निराश भएका छन् ।

तपाईको प्रतिक्रिया