शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौं  – पूर्व फुटवल खेलाडी जर्ज उएच लिबेरियाको राष्ट्रपतिमा विजयी हुनुभएको छ । उहाँले लिबेरियाकै उपराष्ट्रपति जोसेफ बोकाइलाई पराजित गरेर विजयी हुनुभएको हो ।

लिबेरियाको निर्वाचन आयोगले पूर्व फुटवल खेलाडी जर्जले ६१ दशमलव ५ प्रतिशत भोट प्राप्त गरेर विजयी हुनुभएको जनाएको छ । चुनावमा जम्मा ९८ दशमलव १ प्रतिशत मत खसेको त्यहाँको निर्वाचन आयोगले जनाएको छ । लिबेरियाका निर्वाचन प्रमुखले लिबेरियाले सन् १९४४ पछि दुई गृहयुद्व सम्हालेको लिबेरिया चुनावपछि प्रजातन्त्रमा प्रवेश गरेको बताएका छन् ।

चुनावको परिणमपछि पूर्व फुटवल खेलाडीका समर्थकले त्यहाँको निर्वाचन कार्यालय अगाडि विजय उत्सव मनाइरहेका छन् । ५१ वर्षीय जर्ज अफ्रिकाकै सबैभन्दा चर्चित फुटवल खेलाडि हुनुहुन्थ्यो । नेलसन मण्डेलाले जर्जलाई ‘अफ्रिकाको गौरव व्यक्ति’ भन्नुहुन्थ्यो । जर्जले सन् १९९० मा पेरिस सेन्ट जर्मेन र एसी मिलेबाट फुटवल खेल्नुभएको थियो ।

पछि उहाँ चेल्सी र मेन्चेष्टर सिटिमा आवद्व भएर पनि फुटवल खेल्नुभयो । लिबेरियामा सन् १९८९ देखि २००३ को बीचमा भएको गृहयुद्वमा २ लाख ५० हजार नागरिकको ज्यान गएको बताइन्छ ।

पछिल्लो समय लिबेरियामा इबोला भाइरसका कारण धेरैको ज्यान गएको छ । लिबेरियामा धेरै नागरिक गरिबीको रेखामुनी रहेको र धेरै बालबालिका पढाईबाट बञ्चित रहेका छन् ।

तपाईको प्रतिक्रिया