शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौं  – अमेरिकी गायिकाले राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनाव प्रचार अभियानका व्यवस्थापकले आफूमाथि यौनदुर्व्यवहार गरेको आरोप लगाएकी छन् ।

 

गायिका जोय भिल्लाले ट्रम्पको चुनावी अभियानका पूर्व व्यवस्थापक कोरी लेवान्डोस्कीले आफूमाथि यौनदुर्व्यवहार गरेको आरोप लगाएकी हुन् । गएको महिना वाशिङ्टनमा भएको एक कार्यक्रममा लेवान्डोस्कीले आफ्नो शरीरको पछिल्लो भागमा दुईपटक हिर्काएको भिल्लाले बताएकी छन् ।

आफू पहिले चुप बसेको र अहिले साथीहरुले हिम्मत दिएपछि आफूमाथि भएको यौनदुर्व्यवहारको बारेमा खुलेर बोलेको भिल्लाले अमेरिकी सञ्चारमाध्यमसँग बताएकी छन् । लेवान्डोस्कीले आरोपका बारेमा केही बताएका छैनन् ।

सेलिब्रेटी, राजनीतिज्ञ तथा विभिन्न ठूला कम्पनीमा हुने गरेका यौनदुर्व्यहारका घटना बाहिर आउने क्रम मध्येको यो पछिल्लो घटना हो । विशेष गरी हलिउड निर्माता हार्बी वाइनस्टिनमाथि विभिन्न अभिनेत्रीले यौनदुर्व्यवहारको आरोप लगाएपछि यस्ता घटना बाहिर आउन सुरु भएको हो ।

तपाईको प्रतिक्रिया