Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – विराटनगर वारियर्स एभरेष्ट प्रिमियर लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो क्वालिफायरमा भैरहवा ग्लार्डिटर्समाथि ८ विकेटको जित हात पार्दै विरानगर उपाधि नजिक पुगेको हो ।

फाइनल प्रवेशका लागि भैरहवाले दिएको १२८ रनको लक्ष्य बिराटनगरले १७ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो । उसले पहिलो विकेट भने सुरुमै गुमाएको थियो । एक रन जोड्दा ओपनर आसिफ शेख शुन्यमै आउट भए । तर, बाबर हायात र अंशुमान रथले पारी सम्हाले । अंशुमानसँग दोस्रो विकेटका लागि ७१ रनको साझेदारी गरेर बाबर व्यक्तिगत ६२ रन बनाएर आउट भए ।

कप्तान पारस र अंशुमानले टिमलाई जिताए । पारस ४२ रनमा र अंशुमान २६ रनमा अविजित रहे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२७ रन बनाएको थियो । उसका सुरुवात निकै खराब थियो । २७ रन जोड्दा चार विकेट गुमाएको भैरहवाको पारी आरिफ शेख र पुनित मिश्रले सम्हाले ।

दुबैले पाँचौं विकेटका लागि ८२ रनको साझेदारी गरे । आरिफ ४६ रनमा आउट भए । सातौं विकेटका रुपमा आउट हुनु अघि पुनितले ४९ रन बनाए । भैरहवाका अन्य ब्याट्सम्यान चल्न सकेनन् । कप्तान शरद भेषावकर समेत ७ रनमा आउट भए ।

तपाईको प्रतिक्रिया