Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं –  एभरेस्ट प्रिमियर लिग (इपिएल) को पहिलो क्वालिफायरमा भैरहवा ग्लाडिएटरले विराटनगर वारियर्सलाई १ सय २८ रनको लक्ष्य दिएको छ।

टस हारेर ब्याटिङ गरेको भैरहवाले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २७ रन जोड्यो।

भैहरवाका लागि पुनित मिश्राले सबैभन्दा बढी ४९ रन जोडे। उनले करण केसीको बलमा आउट हुनुअघि ३४ बलमा ३ चौका र ३ छक्का हिर्काए। यस्तै आरिफ शेखले ४६ रन जोडे। आरिफले १ चौका र ३ छक्का प्रहार गरे। उनले पुनित मिश्रासँग पाँचौ विकेटका लागि ८२ रनको साझेदारी गरे।

कुनै बेला ४ विकेट गुमाउँदा २७ रन जोडेको भैरहवाको इनिङ आरिफ र पुनितले उकासेका थिए। खेलको १५औं ओभरमा विराटनगरका सहान अदिसालाई २२ रन प्रहार गरेपछि भैरहवाको स्कोरले गति लिएको थियो।

खराब सुरुवात गरेका भैरहवाका ओपनर भूपेन्द्र थापा २ रनमै आउट भए। उनका ओपनिङ पार्टनर राहुल यादव ७ रनमै पेभिलियन फर्केपछि भैरहवाले छैटौं ओभरमा २ विकेट गुमाएको थियो। भैरहवाका कप्तान शरद भेषावकर पनि ८ रनमा आउट भए भने रोहितकुमार पौडेल ६ रन बनाएर खेलिरहँदा सहान अदिसाबाट बोल्ड भए। प्रथम सालुके ३ रनमा आउट भए।

बलिङतर्फ विराटनगरका सहान र करण केसीले २-२ विकेट लिए। पारस खड्का, बसन्त रेग्मी र अभिनास कर्णले १-१ विकेट लिए।

खेलमा जित हात पार्ने टिम फाइनल प्रवेश गर्नेछ। हार्ने टिमले दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ।

तपाईको प्रतिक्रिया