Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं –  एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेटमा आज पनि दुई खेल हुनेछन् ।

आज हुने पहिलो खेलमा भैरहवा र चितवन भिड्नेछन् भने दोस्रो खेलमा ललितपुर र पोखरा आमने–सामने हुनेछन् । आजको खेलहरुपछि इपीएल क्रिकेटमा लिग चरणका खेलहरु सकिनेछन् भने प्ले अफ् र क्वालिफायरमा पुग्ने चार टोलीको टुंगो लाग्नेछ ।

उता, पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्सले ईपिएल क्रिकेटको क्वालीफायरमा स्थान पक्का गरेको छ । हिजो भएको खेलमा काठमाडौं किंग्स इलेभेनलाई ८ रनले हराउँदै विराटनगरले फाईनल प्रवेशका लागि हुने क्वालीफायरमा स्थान सुरक्षित गरेको हो ।

प्रतियोगितामा शतप्रतिशत विजयी परिणाम निकाल्न सफल विराटनगरको यो लगातार पाँचौ जित हो । हारसँगै काठमाडौंको भने ईपिएल यात्रा समुह चरणमै टुंगिने भएको छ ।

हिजै भएको अर्को खेलमा पोखरा राइनोजलाई ७ विकेटले हराँउदै भैरहवा ग्लाडिएटर्सले पनि प्ले अफमा स्थान बनाएको छ ।

तपाईको प्रतिक्रिया