Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – काठमाडौं किङ्ग्स इलाभेन एभरेष्ट प्रिमियर लिग क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ ।

सोमबारको पहिलो खेलमा खेलमा बिराटनगर वारियर्सले काठमाडौंमाथि ८ रनको रोमाञ्चक जित निकाल्यो । विराटनगरले समूह चरणमा सबै खेल जितेको छ भने एक खेल मात्र जितेको काठमाडौं बाहिरिएको छ ।

१४८ रनको लक्ष्य पछ्याएको काठमाडौंलाई अन्तिम ओभरमा १७ रन चाहिएको थियो । तर, अन्तिम ओभरको पहिलो बलमा नै रामनरेश गिरीले सागर विमारको विकेटछ लिए । दोस्रो बलमा रन जोड्न नसकेका सिद्धान्त लोहनीले तेस्रो बलमा छक्का हान्दै काठमाडौंलाई जितको आश दिलाए ।

तर, चौथो बलमा उनी आउट भए । र, काठमाडौंले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन मात्र बनाउन सक्यो । यसअघि पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनाएको थियो । उसको पहिलो विकेट भने सस्तैमा गुमाएको थियो ।

जितसँगै ५ खेलबाट १० अंक जोडेको विराटनगर समूह विजेता बनेको छ ।

तपाईको प्रतिक्रिया