Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – इङ्लिस प्रिमियर लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटीले बर्नमाउथलाई ४-० ले हराएको छ ।

आफ्नै मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीलाई विजयी गराउन सर्जीयो अगुएरोले दुई तथा राहिम स्टर्लीङ र ड्यानिलोले एक–एक गोल गरे । प्रिमियर लिग फुटबलमा गएराति चेल्सीलाई एभर्टनले गोलरहित बराबरीमा रोक्दा लेष्टर सिटीले म्यान्चेस्टर युनाईटेडलाई २-२ गोलको बराबरीमा रोकेको छ ।

प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरले बर्नलेलाई ३-० ले हराउँदा न्यूकासल युनाईटेडले वेष्ट ह्याम युनाईटेडलाई ३-२ ले पराजित गर्‍यो । यसैगरी ब्राईटनले वाट्फोर्डलाई १-० ले तथा स्टोक सिटीले वेष्ट ब्रोमलाई ३-१ पराजित गरे । साउथह्याम्पटन र हडर्सफिल्ड टाउनले १-१ गोलको बराबरी खेले ।

गएरातिका खेलपछि इङ्लिस प्रिमियर लिगको अंक तालिकामा १९ खेलबाट ५५ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा यथावत् छ । समान खेलबाट ४२ अंक जोडेको म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा छ भने तेस्रो स्थानको चेल्सीको ३९ अंक छ ।

तपाईको प्रतिक्रिया