Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग क्रिकेटमा लगातार चौथो जित हात पारेको छ ।

विराटनगरले अंशुमाथ रथको अर्धशतक तथा अनिवाश कर्ण र बसन्त रेग्मीको कसिलो बलिङको मदतमा भैरहवा ग्लाडिएटर्समाथि ३५ रनको सहज जित निकालेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले २० ओभरमा १४९ रन बनायो । उसको पहिलो विकेट सस्तैमा गुमेको थियो । ओपनर आसिफ शेख मात्र १ रनमा आउट भए ।

तर, अर्का ओपनर अंशुमान रथले दोस्रो विकेटका लागि बाबर हायातसँग १०१ रनको साझदारी गरे । बाबर ३६ रनमा आउट भए । तेस्रो विकेटका रुपमा अंशुमान ५७ रनमा आउट भए, जतिबेला टिमको स्कोर ११८ रन थियो । अनिलकुमार शाह शुन्यमै आउट भए भने टिमले थप ६ रन जोड्दा कप्तान पारस खड्का पनि आउट भए । उनी १५ रनमा आउट भए ।

प्रनित थापा मगरले १४ रन बनाए भने करण केसीले ११ र पुष्प थापा २ रनमा अविजित रहे । १५० रनको लक्ष्य पाएको भैरहवाले १८.३ ओभरमा ११४ रन बनाउँदा सबै विकेट गुमायो । उसका लागि प्रदिप ऐरी र हरिशंकर साहले १८र१८ रन बनाए । भैरहवालाई सस्तैमा समेट्ने क्रममा अभिनाश कर्णले ४ विकेट लिए भने बसन्त रेग्मीले ३ विकेट लिए ।

तपाईको प्रतिक्रिया