Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं  – एभरेष्ट प्रिमियर लिग क्रिकेटमा विराटनगर वारियर्सले भैरहवा ग्लाडिएटर्सलाई १ सय ५० रनको लक्ष्य दिएको छ । कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४९ रन बनाएको हो ।

विराटनगरका लागि हङकङ्गका खेलाडी अंशुमन रथले ५७ र बाबर हायातले ३७ रन बनाए । त्यस्तै कप्तान पारस खड्काले १५ र प्रनित थापामगरले १४ रनको योगदान गरे । करण केसी ११ रनमा नटआउट रहे । भैरहवाका लागि हरिशंकर साहले ३ र आरिफ शेखले २ विकेट लिए ।

पारस खड्काको कप्तानीमा रहेको विराटनगर अहिलेसम्म अपराजित रहँदै प्रतियोगिताको प्लेअफमा पुगिसकेको छ भने शरद भेषावकरको नेतृत्वमा रहेको भैरहवाले पनि खेलेका दुईमध्ये दुवै खेल जितेको छ ।

दिउँसो १ बजेपछि सुरु हुने दोश्रो खेलमा ललितपुर प्याट्रिएट्स र चितवन टाइगर्स खेल्नेछन् । ३ मध्ये २ खेल जितेको ललितपुर अंक तालिकाको चौथो स्थानमा छ भने खेलेका  तीनमध्ये तीनै खेल हारेको चितवन अंक तालिकाको पुछारमा छ ।

तपाईको प्रतिक्रिया