शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौं – नेपालमा मोबाइल ब्रोडब्यान्डको डाउनलोड स्पिड (क्षमता)मा सुधार आएको पाइएको छ । गएको नोभेम्बर महिनामा ओक्लाज स्पिड टेस्ट ग्लोबल इन्डेक्सले गरेको अध्ययन प्रतिवेदनअनुसार नेपालले सार्क राष्ट्रहरु भारत र श्रीलंकालाई उछिनेको छ ।

नोभेम्बरमा मोबाइल इन्टरनेटमा युरोपियन मुलुक नर्वे औषत ६२.६६ मेगाबिट्स पर सेकेन्ड (एबीपीएस) डाउनलोड स्पिडसहित सबैभन्दा अगाडि छ । फिक्स्ड ब्रोडब्यान्डमा सिंगापुर १५३.८५ एमबीपीएस डाउनलोड स्पिडसहित पहिलो स्थानमा छ ।

इन्डेक्सका अनुसार मोबाइल ब्रोडब्यान्डमा नेपाल ९९ औं सथनमा छ । यस्तै फिक्स्ड ब्रोडब्यान्डमा नेपाल ९२ औं स्थानमा छ ।

भारत मोबाइल ब्रोडब्यान्डमा १०९ औं स्थान र फिक्स्ड ब्रोडब्यान्डमा ७६ औं स्थानमा छ ।

तपाईको प्रतिक्रिया