Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम खेलमा आज नेपालले युएइको सामना गर्दैछ ।

दुई वर्षदेखि होम एण्ड अवेको आधारमा जारी प्रतियोगिताको अन्तिम चरणका खेलहरु तटस्थ मैदानको रुपमा युएईमा भईरहेका छन् । बुधबार भएको खेलमा युएईसँग ७ विकेटले पराजित भएको नेपाल आज जित निकाल्ने दाउमा छ । तर युएईविरुद्धको खेल नेपालका लागि सहज भने हुनेछैन ।

यसअघि नै च्याम्पियनसीपबाट दोस्रो डिभिजनमा झरिसकेका नेपाल र युएई दुबै टोलीका लागि अन्तिम चरणका खेलहरु प्रतिष्ठाको लडाई मात्रै बनेको छ ।

जारी खेललाई नेपाल र युएई दुबै टोलीले आसन्न डिभिजन टु प्रतियोगिताको तयारीको रुपमा हेरेका छन् । डिभिजन टु प्रतियोगिता आगामी फेबु्रअरीमा नामिबियामा हुनेछ ।

तपाईको प्रतिक्रिया