Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आइओसी) ले रुसलाई आउँदो वर्ष हुने विन्टर ओलम्पिकमा प्रतिबन्ध लगाउने कि नलगाउने भन्ने विषयमा निर्णय गर्दैछ ।

आइओसीको हेडक्वाटर स्वीट्जरल्याण्डको लाउसान्नेमा हुने विशेष बैठकमा आइओसीले विन्टर ओलम्पिकमा रुसलाई प्रतिबन्ध लगाउने नलगाउने बारे निर्णय सुनाइने छ । आइओसीका अध्यक्ष थोसम बाचले यसको घोषणा गर्ने छन् । रियो ओलम्पिकमा प्रतिबन्ध खेपेको रुसमाथि आउँदो फेब्रुअरी ९ देखि सुरु हुने विन्टर ओलम्पियकमा प्रतिबन्ध लगाउन र नलगाउन दुवै निर्णय कठिन रहेको छ ।

आइओसीको विशेष कमिटिले यस विषयमा निर्णय गर्नु अघि मंगलबार दिउँसो रुसी खेलाडीले सरकारको सहयोग र संलग्नतामै प्रतिबन्धित शक्तिवर्धक औषधि प्रयोग गरेको सम्बन्धमा भएको १६ महिना लामो अनुसन्धानको प्रतिवेदन र त्यसको सुझावनको अध्ययन गर्नेछ ।

रुसलाई ओलम्पिक पावर हाउसको रुपमा लिने गरिन्छ । रियो ओलम्पिक गुमाएको रुसलाई विन्टर ओलम्पिकमा पनि सहभागी हुन नदिने वा अब दिने भन्ने निर्णय आइओसीको इतिहासमा सबैभन्दा ठूलो र कठिन निर्णय हुनेछ ।

आउँदो वर्ष हुने विश्वकप फुटबलको आयोजक राष्ट्र रुस विन्टर ओलम्पिकको हिस्सा रहने नरहने निर्णय आज हुने भएको हो ।

तपाईको प्रतिक्रिया