Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत यूएई विरुद्धको खेलको तयारीका क्रममा भएको अभ्यास खेलमा नेपालले केन्यालार्इ ६ विकेटले पराजित गरेको छ ।

युएईको अबुधावीमा आज भएको अभ्यास खेलमा टस हारेर पहिले ब्याटिङ गरेको केन्याले दिएको १ सय ११ रनको लक्ष्य नेपालले १९‌.५ ओभरमा ४ विकेट गुमाएर भेटायो । नेपालका लागि दीपेन्द्रसिंह एेरीले सर्बाधिक ४६ रन जोडे । ३५ बलको सामना गरेका उनले ७ चौका र १ छक्का प्रहार गरे । उनीसँगै शरद भेषावकरले ३१ रन जोडे ।

त्यसअघि केन्याले ३२.२ ओभरमा सबै विकेट गुमाएर ११० रन मात्रै बनाएको थियो । केन्याका रुसाब पटेलले २७ र एलेक्स ओबन्डाले २५ र गुर्दिप सिंहले २२ रन बनाए ।

अभ्यास खेलमा नेपालका तर्फबाट नियमित कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल तथा ब्याट्सम्यान बिनोद भण्डारी र तीब्रगतिका बलर करण केसी खेलेका छैनन्

तपाईको प्रतिक्रिया