Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

लन्डन –  इंग्लिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले आर्सनललाई ३–१ ले पराजित गरेको छ ।

गएराति आर्सनलको मैदानमा भएको खेलमा म्यानचेस्टर युनाईटेडलाई विजयी गराउन जेस्सी लिङ्गार्डले दुई तथा एन्टोनियो भ्यालेन्सियाले एक गोल गरे । आर्सनलका अलेक्जेण्डर लाकाजेट्ले एक गोल फर्काए ।

प्रिमियर लिगअन्तर्गत कै अर्को खेलमा चेल्सीले न्युकासल युनाईटेडलाई ३–१ ले हरायो । चेल्सीका लागि एडिन हाजार्डले दुई तथा अल्भारो मोराटाले एक गोल गरे ।

यसैगरी लिरभपूलले ब्राईटनलाई ५–१ ले हरायो । लिभपूलको लागि रोबर्टो फर्मिनोले दुई गोल गर्दा फिलिप कौटिन्हो र एम्रे च्यानले एक–एक गोल गरे । ब्राईटनका लेविस डङ्कले एक आत्मघाती गोल गरेका थिए ।

प्रिमियर लिग फुटबलमा वाट्फोर्डले टोटनह्याम हट्सपरलाई १–१ गोलको बराबरीमा रोक्दा एभर्टनले हडर्सफिल्ड टाउनलाई २–० ले हरायो ।

गएराति नैं लेष्टर सिटीले बर्न्लेलाई १–० ले हराँउदा स्टोक सिटीले स्वान्सी सिटीलाई २–१ ले पराजित गरेको छ । वेष्ट ब्रोम र क्रिष्टल प्यालेसले भने गोलरहित बराबरीमा चित्त बुझाए ।

प्रिमियर लिग फुटबलमा आज दुई खेल हुनेछन् । आज शीर्ष स्थानको म्यान्चेस्टर सिटीले वेष्ट ह्याम युनाईटेडसँग खेल्दा बर्नमाउथ र साउथह्याम्पटन भिड्नेछन् ।

तपाईको प्रतिक्रिया