Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडाैं – ईङ्लिस प्रिमियर लिग फुटबलमा आज राती विभिन्न ८ खेल हुँदैछन् । आज दोस्रो स्थानको म्याचेष्टर युनाईटेडले बलियो प्रतिद्धन्दी आर्सनलको सामना गर्दैछ ।

१४ खेलको समाप्तीमा २८ अंकसहित तालिकाको चौथो स्थानमा रहेको आर्सनल पछिल्ला तीन खेलमा अपराजित रहेको छ । समान खेलबाट ३२ अंक जोडेको म्यान युनाईटेड शीर्ष स्थानको म्यानचेष्टर सिटिभन्दा ८ अंकले पछि छ । आर्सनल माथि जित निकाल्दै सिटिसँगको दुरी घटाउन उसलाई आजको खेल महत्वपुर्ण रहेको छ । आजै तेस्रो स्थानमा रहेको चेल्सीले १२ औँ स्थानको न्यू क्यासल युनाईटेडसँग प्रतिस्पर्धा गर्दैछ ।

अन्य खेलहरुमा लिभरपुल र ब्राईटन एण्ड होभ अल्बियन, एभर्टन र हडर्सफिल्ड टाउन तथा लेष्टर सिटि र वर्नलीबिचप्रतिस्पर्धा हुनेछ । स्टोक सिटि ले स्वान्सी सिटिको सामना गर्दा खराब फर्ममा रहेको टटनह्याम हर्टसपर वाटफोर्टसँग आमने सामने हुनेछ । आजै राती क्रिष्टल प्यालेस र वेष्टब्रोमबीच पनि प्रतिस्पर्धा हुनेछ ।

 

तपाईको प्रतिक्रिया