Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

इटहरी – सुनसरी जिल्लाको औद्योगिक नगर दुहवीमा रहेको खेलमैदानमा यही मंसिर २३ देखि पुस १ गतेसम्म एलेभन एरोज क्लबको आयोजना तथा मनमोहन स्मृति प्रतिष्ठानको सहयोगमा दोस्रो मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन गरिने भएको छ ।

आयोजक एलेभन एरोज क्लबले आज पत्रकार सम्मेलन गरी उक्त कुराको जानकारी दिँँदै प्रतियोगितामा प्रथम हुनेले चार लाख नगद ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने बताइयो । प्रतिस्पर्धाको उप विजेताले दुई लाख नगद ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष कृष्ण थापाले जानकारी दिनुभयो ।

प्रतियोगितामा नेपालको ए डिभिजनका एमपम झापा–११, चर्च ब्वाइज युनाइटेड काठमाडौँ, आयोजक एलेभन क्लब दुहवी, मनाङ मस्र्याङ्दी क्लब काठमाडौँ, त्रिभुवन आर्मी क्लब काठमाडौँ, मोरङ ११, अग्नी रुपन्देही ११ रुपन्देही र बंगलादेशको मीरपुर एकादेश ढाका क्लबको सहभागिता रहनेछ ।

पचास लाखको खर्चमा सम्पन्न हुने अनुमान गरिएको उक्त गोल्डकप फुटबल प्रतियोगिताका प्रायोजक मनमोहन स्मृति प्रतिष्ठानबाट १० लाख तथा विभिन्न सह–प्रयोजकबाट १४ लाख तथा विज्ञापन र अन्य क्षेत्रबाट गरी ५० लाख प्राप्त हुने अनुमान गरिएको प्रतियोगिता आयोजक क्लबका संयोजक जीवन थापाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया