Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – काठमाडौं वर्ल्ड क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप खेल्न युएईमा रहेको नेपाली क्रिकेट टोली अभ्यास खेलमा अमेरिकासँग ५ विकेटले पराजित भएको छ ।

नेपालले दिएको ९० रनको सामान्य लक्ष्य अमेरिकाले २२.३ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो । नेपाली टोलीका पूर्व प्रशिक्षक पुवुदु दासानायकेको टिम विरुद्व नेपालको ब्याटिङ निकै फितलो रह्यो । युएईको अबुधावीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पूरा ओभरसमेत खेल्न सकेन र ३६.१ ओभरमा ८९ रनमा अलआउट भयो ।

नेपालका लागि बसन्त रेग्मीले सर्वाधिक २१ रन जोडे भने ओपनर दीलिप नाथले १६, दीपेन्द्र सिंह ऐरीले १२ तथा कुशल भुर्तेलले १० रन जोडे । बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन् । पहिलो पटक राष्ट्रिय टिमका लागि खेलेका यू-१९ टिमका अनिल कुमार शाह खाता नखोली आउट भए । नियमित कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लको अनुपस्थितीमा शरद भेषावकरले नेपालको कप्तानी गरेका थिए ।

नेपाललाई अलआउट गर्न अमेरिकाका जपेन पटेलले सर्वाधिक ४ विकेट लिए । यस्तै रोए शिल्भा र नोस्थुस केन्जिगेले २-२ विकेट लिए । अमेरिकाको लागि ओपनर साएद अब्दुल्लाहले सर्वाधिक ४४ रन बनाए भने खरोए शिल्भाले नटआउट २५ रनको योगदान गरे ।

नेपालको लागि सोमपाल काकी र सागर पुनले समान २ विकेट लिए । युएईसँग डिसेम्वर ६ र ८ मा खेल्नु अघि नेपालले पर्सी आइतबार केन्यासँग अन्तिम अभ्यास खेल खेल्नेछ ।

तपाईको प्रतिक्रिया