Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – आइसीसी वल्र्ड क्रिकेट लिग क्रिकेट लिग च्याम्पियनसिप डब्लुसीएलसी अन्तरगत यूएईविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ ।

अधिकांश पुरानै अनुहारलाई निरन्तरता दिंदै १४ सदस्यीय अन्तिम टोलीको घोषणा भएको हो । बन्द प्रशिक्षणमा रहेका २० जना खेलाडीको प्रदर्शनका आधारमा आईसीसी प्रतिनिधि अमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमाटा र क्याप्टेन पारस खण्ड्का सहभागी छनोट समितिले अन्तिम टोलीको चयन गरेको हो । डब्लुसीएलसी अन्तरगत सातौं चरणको खेलमा नेपालले आगामी मंसिर २० र २२ गते यूएईविरुद्ध उसैको भूमिमा प्रतिस्पर्धा गर्नेछ ।

भेट्रान स्पिनर शक्ति गौचन यूएईविरुद्धको खेलका लागि राष्ट्रिय टोलीमा फर्कदा ललित भण्डारीले पनि लामो समयपछि टोलीमा स्थान बनाएका छन् । अण्डर १९ टोलीमा उत्कृष्ट प्रदर्शन गर्दै मुख्य प्रशिक्षक जगत टमाटा र क्याप्टेन पारस खड्काको नजरमा परेका अनिलकुमार साह भने वैकल्पिकमा फ्यालिएका छन् । राष्ट्रिय टोलीमा पर्न संघर्षरत जितेन्द्र सिंह मुखिया, कुशल भुर्तेल र सिद्धान्त लोहनी पनि अतिरिक्त खेलाडीमा परेका छन् । यद्यपि कुशल र अनिल भने अतिरिक्त खेलाडीका रुपमा यूएई उड्ने नेपाली राष्ट्रिय टोलीका म्यानेजर रमण सिवाकोटीले जानकारी दिनुभयो ।

पारस खड्काको कप्तानीमा रहने नेपाली टोलीको उपकप्तानको जिम्मा पुनः ज्ञानेन्द्र मल्ललाई दिईएको छ । यस्तै शरद भेषावकर, सागर पुन, बसन्त रेग्मी, बिनोद भण्डारी, सन्दिप लामिछाने, सोमपाल कामी र करण केसीले पनि अन्तिम १४ मा स्थान बनाएका छन् । अण्डर १९ का क्याप्टेन दीपेन्द्र सिंह ऐरी, आरिफ शेख र दिलिप नाथ पनि यूएईविरुद्धको खेलमा परेका छन् । २० सदस्यीय बन्द प्रशिक्षणमा रहेका हसिम अन्सारी र सुशिल कँडेल भने वैकल्पिकमा समेत परेनन् ।

पर्सि बुधवार अबुधावी उड्ने नेपाली टोलीले आगामी शुक्रबार अमेरिका र आइतबार केन्यासँग अभ्यास खेलमा प्रतिस्पर्धा गर्नेछ ।

तपाईको प्रतिक्रिया