Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं –  इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र लिभरपुलले बराबरी खेलेका छन् ।

लिभरपुलको मैदानमा भएको खेलमा घरेलु टोलीका मोहोमद सालाहले पहिलो गोल गरे पनि चेल्सीका विलियनले एक गोल फकाउँदै खेल बराबरी गरेका हुन् ।

प्रिमियर लिगअन्तर्गत गएराति भएका अन्य खेलमा म्यान्चेस्टर युनाईटेडले ब्राईटनलाई १-० ले हराउँदा क्रिष्टल प्यालेसले स्टोक सिटीलाई २-१ ले पराजित गर्‍यो । यसैगरी वाट्फोर्डले न्युकासल युनाईटेडलाई ३-० ले हरायो ।

प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरलाई वेष्ट ब्रोमले १-१ गोलको बराबरी रोक्दा स्वान्सी सिटी र बर्नमाउथले गोलरहित बराबरीमा चित्त बुझाएका छन् ।

प्रिमियर लिग फुटबलमा आज राति तीन खेल हुनेछन् । शीर्ष स्थानको म्यान्चेस्टर सिटीले हडर्सफिल्ड टाउनसँग खेल्दा बर्न्ले र आर्सनल तथा साउथह्याम्पटन र एभर्टन भिड्नेछन् ।

तपाईको प्रतिक्रिया