अहिले साच्चै भन्ने हाे भने अहिले नेपालीहरूकाे पनि मन ढुङ्गा जस्तो साह्रो भैसकेको रहेछ, धेरैमा संवेदना समेत बाकी रहेनछ भन्ने कुरा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालकाे हृदयघातकाे कारण मृत्यु भएपछि अहिले सामाजिक संजाल खाेलेर हेर्दा त्यो कुरा काे झझल्को दिएको छ । याे संसारमा मान्छे भएर जन्मिए पछि उसकाे मृत्यु अनिवार्य छ यो संसारमा अजम्बरी भनेकाे काेही पनि छैन जीवन पछि मृत्यु सत्य हाे भन्ने कुरा दुनियाँलाई थाहा छ तर पनि मान्छेहरू त्यो कुराकाे ख्याल नराखी मान्छेकाे मृत्युमा शाेक हैन हर्ष मनाइरहेका छन् ।
अचानक कसैले कल्पना नगरेको घटना प्रचण्ड परिवारलाई परेको छ यतिबेला प्रकाश दाहालकाे मृत्यु भएपछि देशमा शाेक मनाउदै प्रकाशकाे मृत्युलाई दुखद घटना बताउदै श्रद्धाञ्जली दिदै परिवारजनप्रति समबेदना प्रकट गरिरहेकाे देखिन्छ । साच्चै नेपालीहरू भनेका मनका धनी कसैलाई दुख पिरमर्का पर्दा एकले अर्कोलाई साथ दिनेहरू अहिले काेही मान्छेको मृत्युमा समेत उनीहरूकाे मन दुख्दैन अहिले अाँखामा अाशु अाउन छाेड्दै गएको छ । अहिले मृत्युमा पनि राजनीति देखिएको छ । अहिले एकजना युवाकाे अल्पायुमै निधन हुदा मृत्यु हुने परिवारलाई कति बज्रपात परेको छ यस्तो घटना कसैलाई पनि नपरोस् भनी भगवानसंग प्राथना गरेको पनि सुनियो । सामाजिक संजालमा देखियो भने कतिपयले अहिले पूर्व प्रधानमन्त्री प्रचण्ड पुत्रकाे मृत्युलाई हसीमजाक गरेको पनि देखियो ।
अहिले प्रकाश दाहालकाे मृत्युलाई जनयुद्धकाे क्रममा मारिएका १७ हजार जनताको पापकाे फल भएको भनी सामाजिक संजालमा कलम चलाउन कत्तिपनि लाज शरम मानिरहेकाे पनि देखिएन । अहिले मान्छेको मृत्युमा पनि साच्चै संवेदना छैन हाम्रो मनमा मृत्यु कसको कतिबेला कसरी हुन्छ भन्ने ठेगान नै नहुदा त अहिले हामी यसरी कुरा गरिरहेका छाै । साच्चै मृत्यु मान्छेकाे हातमा हुने भए मान्छेले चाहे अनुसार हुने भए के हुन्थ्यो यो संसारमा कस्तो हुन्थ्यो हाेला मान्छे । अहिले त यति बिघ्न स्वार्थी मान्छे निर्मम निर्दयी हुने थियो । अहिले पापकाे फल प्रचण्डले पाएकाे छाेराकाे मृत्यु स्विकार्न सक्ने धैर्यता प्रदान हाेस भनेर अनेक खालको टिप्पणी लेखिएको छ सामाजिक संजालमा । हाे अहिले मान्छेहरू भाेलिका दिनमा म पनि यो संसारमा मर्नपर्छ मेरो छाेरा छाेरी बाबू अामा जाे कसैकाे पनि घटना दुर्घटनामा मृत्यु हुन्छ अहिले प्रचण्डलाई जुन शाेक परेको छ भाेलिका दिनमा हामीलाई पनि पर्छ भन्ने कुराकाे हेक्का अहिले सामाजिक संजालमा लेख्ने महाशयहरूले राखेकाे देखिदैन ।
सामाजिक संजाल भनेकाे सबैले हेर्ने सबैले पढ्ने माध्यम हाे भन्ने कुरा बुझ्न जरुरी छ । अहिले एकजना पिताले अाफ्नाे पुत्र गुमाएका छन् अहिले शाेक परेको बेला हामीले थाेरै भए पनि मलम लगाएर सान्त्वना दिने बेला हाे कि अहिले दुखिरहेकाे घाउमा नुन खुर्सानी छर्किनु अबश्य पनि राम्रो हैन भन्ने लाग्छ । अहिले प्रकाश दाहाललाई गाली गर्ने प्रचण्डलाई गाली गर्ने बेला अबश्य पनि हैन । अाफुलाई मार्छु भन्ने शत्रुकाे मृत्यु भयो भने पनि संबेदनशील हुनुपर्छ हामी नेपालीकाे अानि बानी सबै परिवर्तन भएको छ । अहिले हामी झन भन्दा झन स्वार्थी निर्मम बन्दै गैरहेका छाै ।
अहिले एकजना अामाले अाफ्नाे छाेरा गुमाएकाे छ, पत्नीले पति बालबच्चाले अभिभावक गुमाएका छन् । यस्तो बेला पाप धुरीबाट करायाे हस्पिटलबाट करायाे भन्ने जस्तो तल्लो स्तरकाे भाषामा सामाजिक संजालमा लेख्ने महासयलाई के भन्ने ? मान्छे मृत्युमा हाँस्ने अरूलाई दुख पिरमर्का पर्दा मजाक सम्झने संस्कृतिकाे बिकास हुनु राम्रो पक्ष हुदै हैन । अहिले देशमा परिवर्तन कसरी अायाे भन्ने कुरा नबुझ्ने राजनीति संस्कार नभएका मान्छेहरू अहिले बडो अाफु सामाजिक भएको भनी अाफै भन्न पछि परेका छैनन् ।
अहिले देशमा गणतन्त्र कसरी अायाे अहिले जनताको छाेरा छाेरी कसरी रास्ट्रपति हुन पाए अहिले परिवर्तनको उपलब्धि हुनुमा माअाेबादी जनयुद्धको भूमिकालाई कसैले पनि भुल्न मिल्दैन । अहिलेकाे परिवर्तन ल्याउन माअाेबादी केन्द्रका अध्यक्ष प्रचण्डका साथै पुत्र प्रकाश दाहालले पनि भुमिका खेलेका थिए । युद्धकाे समयमा पनि प्रकाशले भूमिका खेले तर परिवर्तन पछि एकपछि अर्को प्रकाशलाई बिबादास्पद बनाउने काम पनि भए केही कमिकमजाेरी प्रकाशकाे अवश्य थियो हाेला तर पनि उनलाई प्रचण्ड कै छाेरा भएको कारणले पनि बढी प्रहार भएको हाे भन्ने कुरा बुझ्न गार्हो छैन ।
कतिपय बेला ठुला बडाकाे छाेराछाेरी हुंदा फाइदा भन्दा धेरैजसो बेफाइदा नै देखिदाेरहेछ भन्ने कुरा नेपालकाे सन्दर्भमा पनि समय घटना क्रमले पुष्टि गरिसकेको छ । केही सानो तिनाे गल्ती कमजोरी भए सिधै पिता काे नाम जाेडेर मिडियामा सामाजिक संजालमा उछाल्ने काम हुदै अाएकाे छ । यसलाई हामीले अहिले सहजै पचाउन थालिसकेका छाै तर हामी अहिले साच्चिकै संबेदनहिन बनिरहेका छाै हामी नेपालीमा मानवीयता पनि हराउँदै गैरहेकाे छ अब एकपटक पछाडि फर्केर हेराै हामी भाेलि यहीँ समाजमा बस्नुपर्छ यहीँ समाजमा मर्नुपर्छ भन्ने कुराकाे हेक्का हामीले राख्न जरुरी छ ।
अाज माअाेबादी केन्द्रका अध्यक्ष प्रचण्डले अाफ्नाे एकमात्र छाेरा गुमाए अनि बुढेसकालकाे साहरा समेत रहेका छाेराकाे मृत्युमा दागबत्ती दिनुपर्दाको पीडा बाबा अामाले भाेग्न नपरोस् भनेर सबैले कामना गराै । अहिले नकारात्मक टिप्पणी गर्नेहरूलाई पनि के हेक्का हुन जरुरी छ भने मान्छे एकपटक मर्नु पर्छ, संसारबाट बिदा लिएर जानुपर्छ यहाँ कसैले घमण्ड गर्नु बेकार छ यहाँ जतिसुकै धनी भए पनि उसले मृत्युकाे सामना गर्नुपर्ने छ जीवन किन्न सक्दैन भन्ने कुरा बुझिसकेका छन् तर पनि घमण्ड किन सबैभन्दा अनाैठाे कुरा यहीँ हाे ।
जीवन संगै मृत्यु संगसंगै हुन्छ कसैकाे ढिलो कसैकाे चाडाे मात्रै हाे भन्ने कुरा सबैले हेक्का राख्न जरुरी छ । अहिले प्रकाशकाे मृत्यु देखेर हाँस्नेहरूले पनि म पनि भाेलि पर्सि यसरी नै प्रकाशले जसरी मृत्युबरण गर्नुपर्छ भन्ने कुराकाे हेक्का राख्नन जरुरी छ ।
अाज प्रचण्ड पुत्र भनेर तल्लो स्तरमा टिप्पणी लेख्ने महाेदयहरूलाई आजीवन बाच्ने शक्ति भगवानले प्रदान गराेस भन्ने शुभकामना दिने भन्दा अरू केही दिन सकिदैन । नैतिक मुल्य मान्यता ब्यबहारिकता सबै हराउँदै गुमाउँदै गैरहेकाे उदाहरण हाे यसलाई हामीले बेलामै नराेक्ने हाे भने अझ नेपालीहरू गतिहिन मतिहिन धर्मछाडा बन्दै जानेछन् यसतर्फ सबैले ठण्डा दिमागले साेच्न जरुरी छ ।
अहिले देश निर्वाचनमा हाेमिएकाे छ मंसिर १० र २१ गते निर्वाचन घाेषणा भैसकेको छ सबै राजनीति शक्ति चुनावमा हाेमिसकेका छन् जसरी पनि निर्वाचन सम्पन्न गर्न जरुरी छ । अहिले देशको कुना कुनामा शहर भित्र बम बिस्फोट भैरहेकाे छ यस्तो समयमा प्रकाश दाहालकाे मृत्यु भएको छ पिता प्रचण्ड चितबनबाट निर्वाचनमा उमेदवार बनिरहेका छन् । अर्कोतर्फ बामपंथी गठबन्धनलाई निर्वाचनमा जिताउने अभियान थालेको समयमा शाेक परेको छ। एकातिर पारिवारिक दायित्व अर्को देशको राजनीति सही दिशामा लैजानुपर्ने बेला छ । सबै जिम्मेवार बन्न सक्यो भने मात्र देशले राम्रो गति लिनेछ । मान्छे मृत्युमा संबेदनशील बन्न सिकाै अर्कोकाे सुखदुःखमा साथ दिने छाती हामी सबैले बनाउन सक्नुपर्छ । ***