Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं –  अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलको अन्तिम छनोट खेलमा आज पेरु र न्यूजिल्याण्ड भिड्दैछन् ।

पेरुमा हुने यो खेलको विजेता टोली विश्वकप फुटबलमा छानिने अन्तिम टोली बन्नेछ । अन्तरमहादेशीय प्ले अफ्को पहिलो लेगमा यी दुई टोलीले गोलरहित बराबरी खेलेका थिए ।

उता हिजो भएको प्लेअफ खेलमा होन्डुरसलाई पराजित गर्दै अष्ट्रेलिया पनि विश्वकपमा छनोट भएको छ ।

पहिलो लेगको खेलमा गोलरहित बराबरीमा चित्त बुझाएको अष्ट्रेलियाले दोस्रो लेगको खेलमा ३-१ को जित हासिल गर्दै रुसको टिकट काटेको हो ।

यो सँगै विश्वकप फुटबलमा एसियाली समूहबाट ५ राष्ट्रले सहभागिता जनाउने भएका छन् ।

यसअघि ईरान, जापान, दक्षिण कोरिया र साउदी अरेबियाले विश्वकपमा स्थान पक्का गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया