Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – एसीसी अन्डर १९ एसिया कप अन्तर्गत समूह ‘ए’ को उपविजेता बन्दै नेपाल दोस्रो चरणमा प्रवेश गरेको छ ।

बंगलादेशले भारतलाई ८ विकेटले पराजित गरेपछि नेपाल उपविजेता बनेको हो । यसअघि समूहको अन्तिम खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको थियो । यसअघि नेपालले आइतबार भारतलाई पराजित गरेको थियो ।

अाज बंगलादेशसँग पराजित भएपछि डिफेन्डिङ च्याम्यिन भारत समूह चरणबाटै बाहिरिएको छ । वर्षाले प्रभावित भएर ३२ ओभरमा झारिएको खेलमा बंगलादेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको भारतले ३२ ओभरमा ८ विकेट जाँदा १ सय ८७ रन बनाएको थियो ।

बंगलादेशको जितमा पिनाक घोसले ७७ बलमा ८१ रन, मोहम्मद ताउहिद हिदयोले ३२ बलमा ४८ रन साथै नइम शेखले ४४ बलमा ३८, मोहम्मद सइफ हसनले १६ बलमा १६ रन बनाए । बंगलादेश समूह विजेताको रुपमा दोस्रो चरण पुगेको हो । नेपाल इतिहासमै पहिलो पटक एसिया कपको दोस्रो चरणमा पुगेको हो ।

प्रतियोगिताको चौथो संस्करणसम्म आइपुग्दा नेपालले समूह चरण पार गर्न सकेको थिएन । नेपालले आइतबर भारतलाई १९ रनले पराजित गरेको थियो । प्रतियोगिताको डिफेन्डीङ च्याम्पियन भारत यस हारसँगै समूह चरणबाटै बाहिरिएको छ ।

तपाईको प्रतिक्रिया