Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – मलेसियामा जारी एसिसी यू-१९ एसिया कप अन्तर्गतको तेस्रो खेलमा नेपालले आयोजक मलेसियालाई ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ ।

४६ रनको लक्ष्य पाएको नेपालले २ विकेटको ५.३ क्षतिमा ओभरमा लक्ष्य भेटायो । नेपालका लागि ओपनर अनिलकुमार साह २६ तथा भिम सार्की ३ रन बनाएर नटआउट रहे । दीपेन्द्रसिंह एेरीले १२ र मोहम्मद आसिफ सेख ४ रन जोडे । त्यसअघि वर्षाका कारण खेल ढिलो गरि सुरु भएपछि २४ ओभरमा छोट्टाइएको खेलमा मलेसियाले १५.३ ओभरमा सवै विकेट गुमाएर ४५ रन मात्रै बनाउन सक्यो ।

मलेसियाका ओपनर आजिज साहिद मुबारकले सर्बा्धिक २० तथा विरनदीप जग्गित सिंहले १० बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । मलेसियाका छ ब्याट्सम्यान शुन्य रनमा आउट भएका थिए । नेपालका लागि सन्दीप लामिछानेले ५ विकेट लिए । ४.३ ओभर बलिङ गरेका उनले ८ रन मात्रै खर्चे । त्यस्तै साहब आलम, दीपेन्द्र सिंह ऐरीले समान २ तथा अनिलकुमार साहले १ विकेट लिए ।

यसअघि आइतबार भारतलाई हराएको नेपाललाई सेमिफाइनलमा पुग्न भारत र बंगलादेशबिचको खेलको परिणाम कुनुपर्ने छ । नेट रन रेटको आधारमा शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

 

तपाईको प्रतिक्रिया