शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं  – काठमाडौंमा मंगलबारदेखि दशौँ दक्षिण एसिया आर्थिक सम्मेलन हुँदैछ । दक्षिण एसियाको विकासमा देखिएका समस्याका सम्बन्धमा छलफल गर्ने उद्देश्यले सम्मेलन हुन लागेको हो ।

वाणिज्य मन्त्रालय, राष्ट्रिय योजना आयोग र साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भारोमेन्टले संयुक्त रुपमा आयोजना गर्ने सम्मेलनमा दक्षिण एसियाली देशका दुई सय भन्दा बढीको सहभागिता हुनेछ ।

सम्मेलनमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का वाणिज्य मन्त्री, योजनाविद एवं अर्थशास्त्री तथा सार्कका पयर्वेक्षक राष्ट्रका विज्ञको सहभागिता रहने योजना आयोगका उपाध्यक्ष डा. स्वर्णीम वाग्लेले जानकारी दिनुभयो ।

तीनदिने सम्मेलनमा अन्तर क्षेत्रीय व्यापार सम्भावनाको खोजी, दिगो विकासका लक्ष्य, समावेशी विकास, मौसम परिवर्तन, अन्तरक्षेत्रीय लगानी, प्रकोप जोखिम न्यूनीकरणजस्ता १८ विषयमा गहन छलफल हुनेछ ।

तपाईको प्रतिक्रिया