Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – एएफसी एसिया कप छनोट फुटबलमा आज नेपालले घरेलु मैदानमा फिलिपिन्ससँग खेल्दैछ ।

खेल दिउँसो २ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । खेलका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ ।

अस्ट्रेलियामा बस्दै आएका जगजित श्रेष्ठले झन्डै डेढ वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गर्दा संन्यास नजिक पुगेका अनिल गुरुङ पनि समेटिएका छन् ।

अनिलले फिलिपिन्सको खेलसँगै अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास लिने बताइसकेका छन् । आज खेल्न पाए अनिलको अन्तर्राष्ट्रिय खेल संख्या ५० हुनेछ ।

गत महिना ताजिकिस्तानविरुद्धको खेलमा रहेका २३ मध्ये २० खेलाडी यथावत रहँदा ३ जनाले पुरागमन गरेका हुन् ।

जगजित र अनिलसँगै गोलकिपर विशाल श्रेष्ठ पनि टोलीमा फर्केका हुन् । अर्का गोलकिपर एलन न्यौपाने बाहिरिंदा रक्षकद्वय आदित्य चौधरी र देवेन्द्र तामाङ चोटका कारण टिममा परेनन् ।

समूह चरणका यसअघिका ४ खेलमा नेपालले ३ हार र १ खेलमा बराबरी गरेको थियो । पहिलो खेलमा नेपाल फिलिपिन्ससँग ४÷१ ले पराजित भएको थियो ।

तपाईको प्रतिक्रिया