Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – चार पटकको विश्व विजेता ईटाली अर्को वर्ष हुने विश्वकप फुटबलमा छनोट हुन असफल भएको छ ।

गएराति भएको युरोपेली प्ले अफ्को दोस्रो लेगको खेलमा स्विडेनसँग गोलरहीत बराबरी खेलेपछि ईटाली विश्वकपमा छनोट हुन नसकेको हो ।

यसअघि पहिलो लेगको खेलमा स्विडेन १÷० ले विजयी भएको थियो । युरोपेली छनोट समूहमा स्पेनसँगै परेको ईटाली समूहमा दोस्रो हुँदै प्ले अफ्का लागि छानिएको थियो ।

तर प्ले अफ्मा स्विडेनलाई हराउन नसक्दा ईटालीले सन् १९५८ पछि पहिलो पटक विश्वकप फुटबल गुमाउने भएको छ ।

तपाईको प्रतिक्रिया